दाङ । दाङमा विद्यार्थीलाई याैन दुर्वेवहार गरेकाे अाराेपमा शिक्षक पक्राउ परेका छन ।
राप्ती गाउँपालिका-५ स्थित स्टार समिटमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चाैधरीलाइ साेही विद्यालयमा अध्ययनरत पाँच बर्षिया छात्रालाई दुर्वेवहार गरेकाे आराेपमा प्रहरीले साेमवार पक्राउ गरेकाे हाे।
बालिकाले नुहाउने क्रममा अामालाइ गुप्तांग दुखेकाे बताएपछी शिक्षकले दुर्वेवहार गरेकाे रहस्य खुलेकाे हाे । अभिभावककाे उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाले नियन्त्रणमा लिएको थियाे । अभिभावककाे किटानी जाहेरीकाे आधारमा शिक्षक माथि छानवीन गरेर कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ ।