दाङ । दाङ दंगीशरण गाउँपालिकाको सरकारी गाडी दुरुपयोग भएको छ । गाउँपापिलका अध्यक्ष चढ्ने ००२झ५४६५ नम्बर भएको गाडी शनिबार कार्यकर्ता तथा नेता बोकेर वडा नं. १ को पार्टी कार्यलय पुर्याइएको छ । गाउँपालिकाको गाडीलाई पार्टीका कार्यकर्ता ओसार्ने र पार्टीको काममा प्रयोग गर्ने गरेको पाइएको हो ।
गाउँपालिका अध्यक्ष शम्भु गिरी सरकारी गाडी चढेर नेपाली कांग्रेसको पार्टी कार्यक्रममा सहभागी भएका हुन् । सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर दङ्गिशरणमा भने यो नियमको पालना भएको पाइँदैन ।
दङ्गिशरणमा नियम विपरित बिदाको दिन आज शनिबारको निहुँ पारेर वडा नम्बर १ बाँकीको पार्टी कार्यलयको अगाडि गाउँपालिकाको सरकारी गाडी भएको पाइएको हो । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । दङ्गिशरणमा प्राय कर्मचारी कार्यालय प्रमुख सम्मले सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।
आज विदाको समय भएता पनि सरकारी सवारी साधन लिएर दङ्गिशरण १ को पार्टी कार्यलयमा गाउँपालिका अध्यक्ष शम्भु गिरी सहित पार्टीकाका नेता कार्यकर्ता लिएर पार्टी कार्यलय बाँकीमा भएको पाईएको हो । दङ्गिशरण गाउँपालिकाको सरकारी गाडी कार्यालयको काम भन्दा पनि नेता कार्यकर्ता ओसारपसार गर्ने भाडो बनेको छ । दङ्गिशरण गाउँपालिकाको गाडी छ भनेर सबैलाई थाहा भएपनि पार्टीको कार्यक्रममा सरकारी गाडीको मनपरी दुरुपयोग गरीएको हो । गाउँपालिकाका जनप्रतिनिधिहरुले नियम विपरीत पालिकाको सरकारी सवारीको अनियमितता गर्दै आएका छन् ।