काठमाडौ । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं सांसद निरुदेवी पालले प्रदेश संरचना खारेज गर्न माग गरेकी छिन्।
‘देश र जनताको लागि घाँडो बनेको प्रदेश संरचना खारेज भए धेरै राम्रो हुने थियो,’, सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छिन्, ‘जनताको लागि भन्दा पनि नेताको व्यवस्थापन,नेताका आसेपासे पाल्नका लागि सम्झौता गरेको प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई अझै बढी अधिकार सम्पन्न बनाइ जनताको घरघरमा सेवा दिन सके उत्तम। एकपटक सोच्ने बेला भयो कि,
एमालेका एकपछि अर्को नेताको यस्तो अभिव्यक्ति आइरहेको छ। केहीदिन अघि एमालेका अर्का नेता गोकुल बाँस्कोटाले पनि संघीयता खारेज गर्नुपर्ने बताएका थिए।