रानीजरुवा सम्बेलमाथि तोडफोड,खानेपानी सेवा अवरुद्ध

दाङ । दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सम्बेल माथि तोडफोड भएको छ । विहीबार राति १२ बजेतिर तुलसीपुर ५ स्थित रानीजरुवा सम्बेलमाथि तोडफोड भएको अध्यक्ष यमकान्त भण्डारीले बताए ।

उनका अनुसार सम्बेलको पावर हावसमा जडान गरिएको प्यानलबोर्ड, सोलारप्यान, विद्युत तारमा क्षति पु¥याएको छ ।‘राति १२ बजेतिर गएर त्यहाँ प्यानलबोर्ड र सोलारप्यानलमा ढुंगाले हानेर फुटाएको छ’,उनलेभने‘ तार पनि चुँडालेर लगेको छ।’

उक्त सम्बेलमाथि तोडफोड हुँदा बजार क्षेत्र तथा शिखर कोलनीमा खानेपानी आपूर्ति समस्या रहेको छ । अध्यक्ष भण्डारीका अनुसार शनिबारसम्म खानेपानी आपूर्तिमा समस्या हुन सक्नेछ । करिब ८ लाख बराबरको क्षति भएको भन्दै त्यसको मर्मतको काम भइरहेको समेत उनले बताए ।

त्यहाँबाट दैनिक विहान र साँझ गरि ९ लाख लिटर पानी आपूर्ति गर्दै आएका छन् । जसबाट १९०० जति घरधुरी लाभाम्बित थिए । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । तुलसीपुर खानेपानीको रानीजरुवासहित पातुखोला र रानीघाटमा पनि सम्पवेल निर्माण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस