दङ्गिशरण ५ मा महिलालाई सिलाइकटाई तालिम

दाङ । दाङको दङ्गिशरण गाउँपालिका वडा नम्बर पाँचका महिलाहरुलाई एक कार्यक्रमका बीच एक महिने सिलाइकटाई कार्यक्रमको उद्घाटन गरिएको छ।

गाउँपालिकाको उपाध्यक्ष पिमा कुमारी खड्का ओलिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा नम्बर पाँचका २० जना महिलालाई उक्त तालिमको आयोजना गरिएको हो।

कार्यक्रमका अतिथि नेकपा माओवादी प्रदेश कमिटी सदस्य हिरालाल चौधरीले गाउँघरमा महिलालाई यसरी तालिम प्रदान गर्नु वडा सरकारको राम्रो र सहि कार्य भएको बताउनु भयो।

वडा अध्यक्ष निरज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा सदस्य भुम प्रसाद देबकोटाले दिनुभयो भने कार्यक्रमको संचालन वडा सचिव प्रेम चौधरीले गर्नुभयो । एकमहिना सम्म चल्ने उक्त तालीमको प्रशिक्षकमा दिपा चौधरी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस