वडा अध्यक्ष निर्वाचित हुना साथ सुत्केरी ब्यथाको बिरामीलाई एम्बुलेन्स निशुल्क

चितवन – गठबन्धनबाट प्रत्यासित उम्मेदवार उठेर निर्वाचित बनेका वडा अध्यक्ष श्री कृष्ण देवकोटाले भरतपुर महानगरपालिका वडा न: १५ भित्र स्थायी बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारमा सुत्केरी ब्याथा (प्रसवपीडा) हुनासाथ तुरुन्तै घरदेखी अस्पतालसम्म एम्बुलेन्सको भाडा बेहोर्ने घोषणा गर्दै आफ्नो कार्यभार समाल्नु भएको छ।

८४८२ मतदाता रहेको उक्त वडामा अध्यक्षको उम्मेदवारी दिएका एमाले र राप्रपाका गोपाल गुरुङ र कांग्रेसबाट असन्तुष्ट बनि बगिको रुपमा भुईकटर चिन्हबाट स्वतन्त्र उम्मेदवार उठेका देबेन्द्र के.सी लाई पछि पार्दै गठबन्धनको तर्फबाट टिकट पाएका कांग्रेस उम्मेदवार देबकोटा २४८९ मत ल्यायर निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस