काठमाण्डौँलाई विश्वकै नमुना शहर बनाउछु : मेयर शाह

काठमाण्डौँ । काठमाण्डौँमा निर्वाचित मेयर बालेन्द्र शाह बालेनले आफ्नो कार्यकालमा काठमाण्डौँ शहरलाई विश्वकै नमुना बनाउने दाबी गरेका छन् ।

विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउन अबको पाँच वर्ष आफ्ना भिजन र एजेण्डाहरु लागू गर्न लागि पर्ने उनले घोषणा गरे ।

काठमाण्डौँ महानगर हिजो पनि एउटै परिवारको रुपमा रहेको र आज र भोली पनि त्यसरी नै रहने र सबैसँग सहकार्य गर्ने उनले प्रतिवद्धता जनाए ।

बालेन शाहले आज विभिन्न ठाँउमा धन्यवाद ज्ञापन गर्ने कार्यक्रम पनि राखेका छन् ।
प्रमुख राजनीतिक दलका उम्मेद्धारलाई पराजीत गदै शाह आज मेयरमा बिजयी बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस