वडा अध्यक्ष भण्डारीको पहिलो निर्णय, प्रत्येक टोलमा सुचना बोर्ड तथा गुनासो पेटिका

दाङ । दङ्गिशरण गाउँपालिका वडा नं १ का नवनिर्वाचित वडा अध्यक्ष रमेश भण्डारीले पदभार समालेका छन् । शुक्रबार सपथ खाएका सबै निर्वाचित वडा अध्यक्षहरु आज सोमबार वडा कार्यालय पुगेर जिम्मेवारी समालेका हुन् ।

नवनिर्वाचित वडा अध्यक्ष भण्डारीले वडाबाट सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई वडाबाट दङ्गिशरण ४ बैवाङमा रहेको एन.सी.सी बैंकको शाखामा जान र आउनको लागि यातायातको व्यवस्था गर्ने निर्णय गरेका छन् । स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट बिजयी भएका भण्डारीले पदबहाली गर्दे पहिलो निर्णय गरेका हुन ।

त्यस्तै, सेवाग्राहीको सेवालाई सर्वोपरि मानी सेवाग्राहीको समस्यालाई मध्यनजर गरि वडाका प्रत्येक टोलमा सुचना बोर्ड तथा गुनासो पेटिका राख्ने निर्णय समेत गरेका छन् । यो निर्णय गरे लगत्तै भण्डारीले घोषणापत्रमा उल्लेख गरेको एउटा कामको सुरुवात गरिसकेका छन् । सोमबार एक कार्यक्रमकाबीच भण्डारीले दङ्गिशरण गाउँपालिका वडा नं १ मा अध्यक्षको पदभार ग्रहण गर्दै उक्त निर्णय गरी सार्वजनिक गरेका हुन् ।

भूगोलको हिसाबले निकै ठूलो दङ्गिशरण १ को समग्र विकास गर्ने प्रतिबद्धता पत्र अनुसार सोको कार्यान्वय र जनताको माग र आवश्यकताको आधारमा काम गर्ने वडा अध्यक्ष भण्डारीले बताए।

गत निर्वाचनमा नेकपा एमालेले जितेको वडामा यो पटक नेपाली काङ्ग्रेसले जितेको हो । निर्वाचित भण्डारीले कार्यभार समालेसंगै निवर्तमान वडा अध्यक्ष श्रीप्रसाद चौधरीलाई पनि बिदाई गरिएको छ ।

प्रतिक्रिया दिनुहोस