झुन्डिएको अवस्थामा डोजर चालक मृत फेला आत्माहत्या हुन सक्ने आशंन्का

चित्वन – भरतपुर महानगरपालिका वडा न १५ मंगलपुरमा भेरी नगरपालिका २ भिसाङ जाजरकोट घरभएका २० वर्षीय डोजर चालक विशाल बि क झुन्डिएको अबस्थामा मृत फेला परेका छ्न।
उनले काम गरेको कम्पनी श्रेष्ठ एन्ड श्रेष्ठ सप्लायर्सका संचालक सुरेन्द्र कुमार श्रेष्ठको अनुसार वैशाख ३० गते स्थानिय निर्वाचनको दिन सबैजना भोट हाल्न गएको समय आफुले बस्न दिएको आफ्नै घरको सटर कोठमा भोट दिएर दिउँसो २बजे फर्किदा झुन्डिएको अबस्थामा भेटेको र प्रहरीलाई खबर गरेको बताएका छ्न।
जाजरकोट बाट चितवन आएका आफन्तहरुले भने स्टोरकोठा उस्को सुत्नेकोठा नभएको र निश्पक्ष छानमिन गरि मृत्युको कारण खुलाउन पर्ने माग राखेका छ्न। तीन बर्ष निरन्तर चितवनको बिकाश निर्माणकार्यमा अतुलनीय योगदान दिदै आएका चालक बि.क श्रेष्ठ एन्ड श्रेष्ठ सप्लायर्समा काम गर्न थालेको तीन महिना मात्रै भएको थियो। उनको शब पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ।

प्रतिक्रिया दिनुहोस