दङ्गिशरण गाउँपालिकामा मतगणना सुरु, वडा न: १ मा काङ्ग्रेसको अग्रता

दाङ । दङ्गिशरण गाउँपालिकामा मध्यराति १२:३० बाट मतगणना सुरु भएको थियो । सर्वदलीय बैठकको निर्णयपछि मतगणना सुरु गरिएको हो । दङ्गिशरण गाउँपालीकाको ७ वटा वडामध्ये १ नम्बर वडाबाट मतगणना सुरु गरिएको छ ।

प्रारम्भिक गणनाअनुुसार दङ्गिशरण गाउँपालिका वडा नम्बर १ का अध्यक्षमा नेकपा एमालेका उमेदवार श्रीप्रसाद चौधरीले १२१ मत पाएका छन् भने त्यस्तै, नेपाली कांग्रेसका उमेदवार रेशम भण्डारीले १४६ मत पाएका छन् ।

७ वटा वडामध्ये वडा नं. १ को ३०० मत गनिसक्दा पालिका अध्यक्षमा एमालेका उम्मेदवार मेघनाथ शाह (एमएन) ९७ कांग्रेसका शम्भु गिरीले १६० मत पाएका छन् । यस्तै उपाध्यक्षमा एमालेकी उम्मेदवार बुधनी चौधरी (बिजया)ले १०० काङ्ग्रेसकि पिमा खड्काले १४८ मत पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस