मंगलकी मेयर उम्मेदवारद्वारा तुलसीपुरका मतदातालाई धन्यवाद ज्ञापन

दाङ,तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार जया घर्ती मगरले सम्पुर्ण मतदाताप्रती धन्यवाद ज्ञापन गर्नुभएको छ ।

सामाजिक संजाल मार्फत मेयर पदका उम्मेदवार मगरले आज सम्पन्न स्थानीय तहको निर्वाचनमा सहभागी मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको हो ।
उहाँले आफू मतदाताहरुको ऋणी भएको समेत उल्लेख गर्नुभएको छ । मेयरमा निर्वाचित भए पनि नभए पनि उहाँले आफुबाट नगरवासीले गरेको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

निर्वाचनमा जित हार दुबै स्विकार्ने र हार बेहोर्नुपरेको अवस्था पनि नगरवासिको निम्ति हर प्रयास गर्ने उहाँले स्पष्ट पार्नुभयो।

सामाजिक संजालमा यस्तो लेखिएको थियो :

“आज सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गरि अमुल्य मतदान गर्नुभएका सम्पुर्ण तुलसीपुर उपमहानगरपालिकावासी आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरु हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
म यहाँहरुको ऋणी भएको छु । यहाँहरुको साथ र सहयोगप्रती विशेष आभार प्रकट गर्न चाहान्छु । यहाँहरुले दिनु भएको अमुल्य मतदानको कदर गरि जित हार दुबै स्विकार्ने बाचा सहित यहाँहरुले म प्रति देख्नु भएको सपना पूरा गर्ने हर प्रयास गर्नेछु। म मेयर पदमा पुगे पनि नपुगे पनि तपाईंहरुका सबै समस्य,गुनासो मेरा ठानी त्यि सबैलाई सम्बोधन गर्ने प्रतिबद्धता गर्दछु । साथै वडा नम्बर १७ मा यहि जेठ ३ गते हुन गइरहेको निर्वाचनमा पनि सबै मतदानहरुले मतदान गरिदिन हुन पनि अनुरोध गर्दछु । धन्यवाद ।”

प्रतिक्रिया दिनुहोस