शाह र चौधरीले दिए दङ्गिशरणका मतदातालाई धन्यवाद

दाङ । नेकपा एमाले पार्टीको तर्फबाट दङ्गिशरण गाउँपालीकाको अध्यक्षमा मेघनाथ शाह (एमएन) र उपाध्यक्षमा बुधनी चौधरी (बिजया) ले आफूलाई मतदान गर्ने सम्पुर्ण मतदातालाई धन्यवाद दिएका छन्। साथै उनले आफ्ना मतदातालाई छोटो समयमा आफुहरुलाई विश्वास गरेकोमा धन्यवाद दिएका छन्।

देशभर आज सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साहपूर्वक सहभागी भएर निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउनुभएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक धन्यवाद व्यक्त गर्छु,’ शाहले भनेका छन्।

साथै, निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई पनि शाहले धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया दिनुहोस