तुलसीपुर उपमहानगरका प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?

दाङ,तुलसीपुर । मंगोल नेसनल अर्गनाइजेसनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवार जया घर्ती मगरले वडा नम्बर ०८ र गेहेन्द्र गिरीले तुलसीपुर ५ बाट मतदान गर्ने हुनुभएको छ ।

मंगोल नेशनलको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको प्रमुखको लागि उम्मेदवारी दिनुभएको मगरले तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ०८ स्थित अश्वारा माविबाट मतदान गर्ने बताइएकोे छ ।

गठबन्धनको तर्फबाट प्रमुख पदका साझा उमेदवार गेहेन्द्र गिरीले तुलसीपुर ५ तुलसी बोर्डिङ स्कुल बाट मदान गर्नुहुनेछ भने गठबन्धनको तर्फबाट तुलसीपुर उपमेयर पदका उमेदवार जोग बहादुर रानाले तुलसीपुर ७ कालाखोला मावीबाट मतदान गर्ने बताइएको छ ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिनुभएका टिकाराम खड्काले तुलसीपुर १८ मनिकापुरबाट मतदान गर्नुहुने छ भने , एमालेबाट तुलसीपुर उपमेयर पदका उमेदवार स्यानी चौधरीले तुलसीपुर ६ सेन्टर मावीबाट गर्नुहुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस