भ्रम फैलाउने काम बन्द गरौ, कानुनको कठघरामा उभिनुपर्ला : जया घर्ती मगर

दाङ,तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार जया घर्ती मगरले आफ्नो संगठनका विरुद्ध अफवाह फैलाउन बन्द गर्न चेतावनी दिनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा न ०८ टिकरीमा मंगलबार आयोजना गरिएको संगठनको चुनावी सभामा बोल्दै उहाले आफ्नो संगठनबारे आलोचना गर्न पाइने तर झुठो भ्रम फैलाउन नपाइने बताउनुभयो । उहाँले चुनावी माहोलमा आफुहरुलाई विभिन्न आलोचना गरे पनि त्यो स्वीकार्य हुने तर भ्रमको खेती गर्न नहुने स्पष्ट पार्नुभयो ।

“हाम्रो मंगोल नेशनल अर्गनाइजेसन एउटा मंगोलहरुको संगठन हो ।”उहाले भन्नुभयो ,” नसम्झनुस कि यो कुनै पार्टी हो । देशी बिदेशी शक्तिहरुबाट परिचालित छ । हामी हाम्रो अस्तित्वको लडाइका निम्ति चुनावी मैदानमा होमिएका छौ ।”

उहाले संगठन विरुद्ध सुनियोजित रुपमा भ्रम छर्ने काम गरे कानुनी कठघरामा उभाउन आफुहरु तत्पर रहेको पनि उल्लेख गर्नुभयो । यस्तै, सभामा उहाँले बिकासको लहर हेर्नु छ भने अब पुराना अनुहारलाई विस्थापित गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले आफू साहित तुलसीपुर उपमहानगरपालिकाका साथै तुलसीपुर उपमहानगरपालिकका विभिन्न वडाका उम्मेदवारहरुलाइ अत्यधिक बहुमतका साथ बिजयी गराउन अपिल समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस