विपन्न बिद्यार्थीलाई पढाईमा सघाएर आफ्नो जन्मदिन मनाउने पोख्रेलको घोषणा

चितवन – माओवादी केन्द्रका युवानेता अविरल पोख्रेलले भरतपुर महानगरपालिका वडा न १४ का अति विपन्न दलित छात्रालाई पढाई खर्चमा सघाएर आफ्नो जन्मदिन मनाउने घोषणा गर्नुभएको छ।
२०४२ साल वैशाख २७ गते पिता बिस्णु प्रसाद पोख्रेल र माता बिस्णु माया पोख्रेलको कोखबाट माइलो सन्तानको रुपमा लमजुङमा जन्मिएका पोख्रेल जनयुद्ध बाट आफुलाई राजनीतिमा समाहित गर्नु भई माओवादी केन्द्र निकट युवा नेताको रुपमा पहिचान बनाउन सफल हुनु भएको छ। वैशाख २७ गते आफू जन्मेको दिनको स्मरण गर्दै उहाले कोभिडको महामारीमा समेत जनताको सेवामा महत्त्वपूर्ण योगदान दिनु भएका पोख्रेल देश र जनताको सेवामा आफुलाई सदा समर्पित गरिरहने संकल्प सहित आफ्नो जन्मदिनमा अनावश्यक खर्च र मतमदिरा पिलाएर गर्नुको साटो आर्थिक अभावको कारण उच्च शिक्षा दिलाउन नसक्ने स्थितिका क्रान्तिकारी योद्धा क. देवेन्द्र को S.E.E दिएर बसेकि १५ वर्षीय छोरी ममता मिजारलाई उच्च शिक्षा पठनपाठनमा सहयोग पुर्याएर आफ्नो जन्मदिन बिशेश बनाउने नेपालयन खबर लाई बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस