एमाले,काङ्ग्रेस पुरातन सोच बाट कहिल्यै बाहिर निस्कन सक्दैनन् : चौधरी

दाङ,तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका लुम्बिनी प्रदेश सभाका सदस्य घनश्याम चौधरीले एमाले,काङ्ग्रेसको सोच फराकिलो नभएको बताउनुभएको छ ।

चुनावी घरदैलोका क्रममा उहाले एमाले,काङ्ग्रेस,माओवादीबाट परिवर्तनको आशा गर्नु भनेको दिवा सपना मात्र भएको उल्लेख गर्नुभयो । उहाँले यी द्लहरुले तुलसीपुरको प्रगति देख्न नचाहेको बताउनु भयो ।

परिवर्तनका भासण दिदै हिडे पनि महिला नेतृत्वलाई कहिले अघि सार्न नसकेको पनि उहाले स्पष्ट पार्नुभयो। महिलाहरुलाई चुलो चौकोमा सिमित राख्न चाहेको उहाँको आरोप छ ।

यस्तै, यसपटकको स्थानीय तह निर्वाचनबाट मंगोल नेशनल अर्गनाइजेसन तुलसीपुरको मात्र नभई देशकै प्रमुख संगठनको हैसियतमा उभिने उहाँको जिकिर थियो ।

प्रतिक्रिया दिनुहोस