तुलसीपुरमा मंगोलको लोकपि्रयता देखेर गठबन्धन डरायो, एमालेको होसै हरायो – मेयर पदका उम्मेदवार मगर

तुलसीपुर । मंगोल नेशनल अर्गनाइजेसनका तुलसीपुर उपमहानगरपालिका प्रमुख पदका उम्मेदवार जया घर्ती मगरले तुलसीपुरमा मंगोलको लोकपि्रयताले गठबन्धन तर्सिएको बताउनुभएको छ।

चुनावी घरदैलोका क्रममा उहाले गठबन्धन तर्सिएकै कारण नेपाली काङ्ग्रेसका सभापति एवं गठबन्धनका ड्राइभर शेर बहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगाएतलाई गुहार्नु परेको बताउनु भयो ।

उहाँले गठबन्धनलाई एक एक गरेर मैदानमा उत्रिन समेत चुनौती दिनुभयो । केन्द्रबाट जुनसुकै नेता आएर भाषण दिए पनि यहाँका जनताहरुबाट गठबन्धनले बिश्वास गुमाइसकेको बताउनुभयो ।

यस्तै, एमालेले जनताका माझ सस्तो लोकपि्रयताको भ्रम छर्न खोजेको तर जनताले बुझिसकेको उहाको भनाइ थियो ।
उहाँले मंगोल के हो भन्ने नबुझेर झुठो भ्रम नफैलाउन र यदि झुठको खेती गर्न खोजे जनताले ठाडै बहिष्कार गर्ने बताउनुभयो ।        उहाँले मङोल नेशनल अर्गनाइजेसन पार्टी नभई मुलवासी मंगोलहरुको संगठन भएको पनि स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस