दाङ । नेपाली राजनितिमा आशालाग्दो ब्यक्तिका रुपमा उदाएका एक नाम हो मेघनाथ शाह अर्थात एम.एन शाह ।
राजनीतीक क्षेत्रमा भविष्य बोकेका युवा नेता एम.एन शाह को उमेर ४३ वर्ष पुग्यो । उनी सानैदेखि दु.खहरु खेप्दै झेल्दै निकै संघर्षका साथ बाल्यकाल विताए ।
बाल्यकाल उनको लागि सुखद रहेन । लाउने, खाने, खेल्ने र रमाउँने उमेरमा उनको दैनिकी अभावमै वित्यो । उनी भन्छन् – ‘बालापन देखि नै म दुःख संग खेल्दै हुर्केको मान्छे हो ।’ उनी आँखाभरी आँशु बनाउँदै बालापन सम्झीदै भने – ‘म दु.ख के हो ? बुझेको मान्छे हो । त्यसैले हरेक नागरीकको दुःख उँहाहरुको अनुहार देखेर बुझ्न सक्छु । मेरो जिवनमा पिडा दर्द सधैँ उस्ताउस्तै, यसले निकास पाउँने कुनै ठाउँ थिएन । म ११ वर्षको हुँदा आमाको स्वर्गरोहन भयो ।
त्यसपछिको जिन्दगी झनै पिडादायी अवस्थामा पुग्यो । २०४७ सालमा आमाको देहावसान पछि चार भाई र एक बहिनी टुहुरो भयौं । मिलमा कुटेको चामलको भात खान सपना देख्न पथ्र्यौँ । कहिलेकाहि आफै ढिकीमा चामल कुटेर भात खान्थ्योँ । जातोमा मकै पिसेर आटो दरीया भात खान्थ्यौँ ।’ उनी निकै भावुक भए । मलाई उनको पृष्ठभूमी खोतल्न मन नै लागेन । मेरो आँखामा पनि आशुँ आयो । तर उनी दुःख विसाउँने चौतारी सम्झेर दुःखहरु बिसाईरहे । म सुन्दै गए ।
संघर्षशिल जिवन भित्र शुन्दर जिन्दगी खोज्न उनी २०५५ सालतीर एस.एल.सी दिएर ईन्डिया गए । २ वर्ष ईन्डियामा बसेका शाह ईन्डियामा चौकीदारको काम गरे । अभावले सबै काम गर्न सिकाउँदो रहेछ । दुई वर्ष सम्म ईन्डीयामा बसेर काम गरेका शाह फेरी नेपाल फर्किए । अरुको देशमा गरि खानु ठिक लागेन । आफनै देशमा केहि गर्छु भनी सपना देखेर उनी फर्किए ।
नेपाल फर्केपछि उच्च माध्यमिक तहमा भर्ना भए । राजनीती शास्त्र लीएर क्याम्पस पढे । दुः ख गरेर भएपनि पढ्नुपर्छ भन्ने मान्यताका साथ क्याम्पस भर्ना भएका शाह पास पनी भए । त्यसपछि मथील्लो कक्षामा भर्ना हुनलाई उनीसंग सामथ्र्य भएन । मन भयो धन भएन । आर्थीक अवस्थाले थेग्न नसकेपछि केहि गर्नुपर्छ भन्दै उनी गाउँमै एक निजी बिधालय खोले । २०६२ सालमा निजी विधालय खोलेपनि त्यती बेला जनयुद्ध कालमा नीजी विधालयहरु प्राय बन्द नै हुने गर्दथे । माओवादिहरुले धनीका छोराछोरी पढ्ने निजी विधालय बन्द गर्नुपर्छ भन्दै बन्द गराउँदै हिड्दथे ।
बन्द हुदै फेरी खोल्दै गरेर दश वर्ष सम्म निजी स्कुलको प्राधानाध्यपक भए । सोही समयमा शाहले गाउँमा गाउँ सुधारका लागि एन्टिभाईरस क्लव संचालनमा ल्याएर युवा सुधार कार्यक्रम, गाउँमा हुने अराजक गतिविधि रोकथाम, महिला,बालबालीका सचेतना कार्यक्रम संचालन गरेका थिए ।
तीतो कुरालाई मात्र सम्झेर मन दुखाएर अगाडि बढ्न सकिदैन भन्दै र मेरो जिवनको परिचय यतीमै सीमीत नहोस् भन्दै उनी २०६४ सालदेखि राजनीतीक यात्रा शुरु गरेका हुन् ।
गाउँघरमा हुने कार्यक्रम, सभा, सम्मेलनमा उनी सरीक हुन चासो देखाउँने गरेको शाह बताउँछन् । कोहि मर्दापर्दा पनि उनी आफुले गर्न सक्ने सहयोग गर्छु भन्दै अगाडि बढ्ने ब्यक्ती हुन् । उनको स्वभाव कुनै पनि कुरामा एक चोटि हुन्छ भनेपछि गरेर छाड्ने ब्यक्तिको रुपमा चिनिन्छन् ।
जिन्दगी जो कसैको अप्ठेरो परिस्थीती बाटै गुज्रीदो रहेछ । कसैले त्यसलाई देखाउँन चाहन्छन्, कसैले देखाउँन चाहदैनन् । यती त फरक छ मान्छेमा । उनी भन्छन् – ‘म दुःख नदेखाउँन खोज्ने मान्छे हो । मेरो जिवन पनि काँहा सजिलो तरीका बाट गुज्रेको हो र ? अल्झन भित्र अल्झीदै अल्झीदै यहाँ सम्म आईपुगीयो अव अन्तीम ईच्छा भनेको यहि हो । राजनीतीक पाटो बाट जनप्रतिनिधि भई जनताको सेवा गर्ने । कुनै पनि मान्छेले आफैँ माथी न्याय गर्न सकेन भने उसले कसैमाथी पनि न्याय गर्न सक्दैन । जुनसुकै काम कुरा गर्दा आफनो आत्मालाई चित्त नबुझ्ने कहिल्यै गर्दैन् । यसैगरी सिक्दैछु जिवन र परिस्थतीलाई ।’
उनी मन भित्रका कुरा विसाए । उनी मनका कुरा सुनाउँदै गए म सुन्दै गए । ‘मलाई थाहा छ भावुक्तामा जिन्दगीको रथ हाक्न सकिदैन तर यो मन यन्त्र जस्तो हुन पनि सक्दैन किनकी म संग पनि मन, मुटु अनी हृदय छ । जो संग मानविय गुण मरिसकेको हुन्छ नी त्यो मान्छे बाच्ँन चाहदैन तर म संग मानव हुनु को अर्थ छ त्यसमा जिन्दगीको धेरै दुःख का थोरै सुखका अनुभुव र अनुभूती छ । बैचारीक रुपमा संघर्ष गर्दै आएको मान्छे अव बाँकि जिवन जनताको सेवामा समर्पित गर्ने ईच्छा छ । दंगीशरणका जनताहरु प्राय विपन्न वर्गका हुनुहुन्छ म जस्तै दुःख गर्दै माथी उठेका उहाँहरु म माथी विश्वास गर्नुहुनेछ मलाई आशा छ र म संगै हातेमालो गर्नुहुनेछ ।’ ‘संघर्षको नाम मेरो जिन्दगीमा कहिल्यै मेटेन । द्धन्द्धको सिद्धान्त जुनसुकै वस्तुमा पनि लागु हुन्छ । विभीन्न रंगबिचका संघर्षहरुको मैदान बाट म अगाडि बढ्दैछु । यहि बिचमा अव जनताको साथमा आउँन चाहन्छु ।’
सानैमा टुहुरो बनेका शाह राजनीती क्षेत्रमा लाग्नुको कारण आफु निडर, साहसी, दृढ भएकाले लागि परेको बताउँछन् । जिन्दगीसंग यूद्ध लड्दै लड्दै भविष्य खोजेका शाह २०७० सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य हुदैँ अहिले ३ ‘ख’को ईञ्चार्ज भएर काम गर्दैछन् । पश्चिम क्षेत्रका आशा लाग्दो नेताका रुपमा परिचित शाह २०७४ सालको प्रदेश सभा निर्वाचनमा दाङ क्षेत्र न. ३ “ख” बाट प्रदेश सभा सदस्यमा निवार्चित भएका स्व. उत्तर वलीका उनी स्वकिय सचिव थिए । विकाश प्रेमी जनताका प्रिय नेता स्व. उत्तर वलीका स्वकिय सचिव समेत रहेका शाहमा स्व.उत्तर वलीकै छनक् देख्न सकिन्छ । स्व.उत्तर वली हरेक जनताको कुरा सुन्ने हुदैन केहि नभन्ने काम गरेरै छाड्ने नेताका रुपमा परिचित थिए । शाहमा पनि त्यहि बानी छ ।
शाह जनप्रतिनिधि नहुँदै पनि धेरै समाज सेवामा सक्रिय भएर काम गरेका थुप्रै उदाहरण छन् । शंकल पोख्रेल मुख्यमन्त्री हुँदा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीसंग सहकार्य गर्दै दंगीशरण गाउँपालिका नदिपारीको गाउँ वडा न. २ मा बागेँचिराको ड्याम निर्माण, कौँवाघारी ड्याम, बखरीया ढकना हुदै गोल्टाकुरी देखि फुर्केसल्ली सम्म बाटो पक्कि बनाउँन पहल, मधरे चौधरी गाउँ सम्म, वँगालपुर कवँर टोल हुदैँ कौवाघारी नयाँ ट्रयाक खोल्ने , तुईसोतामा पुल निर्माण (अहिले प्रक्रियामा रहेको), मोतीपुर सरुवाडाँडा झोलुंगे पुल निर्माण लगाएतका विकासे योजनाहरु ल्याउँन पहल गरेका थिए । यस्तै कोभिडको समयमा विपन्न वर्गका नागरीकहरुलाई खाध्यान्न सामग्री वितरण लगाएतका सामाजीक कार्यहरु गरेको उनी बताउँछन् । उनी भिजन भएका नेतामा कहलीन्छन् ।
उनी भन्छन् – ‘म जनप्रतिनिधि भएर नँया ढंगका साथ काम गर्नेछु । दंगीशरणको पाँच वर्षमा अधुरा रहेका कामको निरन्तरता संगै नँया योजनाहरु ल्याउँनेछु समग्रमा समृद्ध दंगीशरण निर्माणको आधार गुणस्तरीय शिक्षा, स्वास्थ्य, आवास र रोजगार भन्ने मुल नाराका साथ अगाडि बढ्नेछु ।’