४० डिग्रीको घाममा लट्ठीको साहारामा सुर्यलाइ भोट माग्दै जेष्ठ नागरीकहरु

दाङ । एमालेको प्रचार देख्दै रमाईलो लागेको थियो । बैशाख महिनाको ४० डिग्रीको घाममा उमेरले नेटो काटिसकेका जेष्ठ नागरीकहरु एमालेको प्रचारमा सहभागि भए । उनीहरु न घाम भने न त पानी । कुनै चिजको प्रवाह थिएन । थियो त केवल एमालेलाई जिताउँने अभियान । “मै पनि एमाले सैँ पनी एमाले ” गित बजिरहेको थियो । ती जेष्ठ नागरीकहरु कोहि थपडि बजाउँदै रमाउँन थाले कोहि लट्ठो टेकि टेकि नाच्न थाले ।

सबै उनीहरुप्रती आकर्षित भए । चुनावी घरदैलो ती जेष्ठ नागरकिहरुले मनोरञ्जनमय भईदियो । युवाहरु झनै त्यसैमा के कम सबै नाच्न अनी रमाउँन थाले । “नाचम नाचम हामीलाई पाल्ने एमाले हो नत्र घर न घाट का हुन्थीम । कसले पाल्थ्यो र ? एक ७० काटेका बृद्धले भने । यो दृश्य देख्दा यो देशका हरेक जेष्ठ नागरीकहरु एमालेलाई नै चाहेको प्रष्ट हुन्थ्यो । किनकी जेष्ठ नागरीकहरुको विचल्ली हुन थालेपछि एमालेको सरकारले जेष्ठ नागरीकहरुको बाच्ँन पाउँने अधिकारलाई सुनीश्चित गर्दै वृद्ध भत्ताको ब्यवस्था गरेको थियो । बृद्ध भत्ता पाउँन थालेपछि उनीहरुमा बाच्ँन सक्ने शक्ती प्राप्त भएको थियो ।

अर्का जेष्ठ नागरीकले भने “बाबु अवको भोट फेरी एमालेलाई दिन्छम किनकी हाम्ले च्या खाने पैसो पाएका छम ।” यो चुनावी अभियानको दृश्य दंगीशरण गाउँपालिका वडा न. २ को हो । वडा न. २ का वडा अध्यक्षका उम्मेद्धार डम्वर खत्री किसानी परिवारका हुन् । २०४६ सालदेखि एमालेको सक्रीय कार्यकर्ता भई हिडेका खत्री जनताको दु.खलाइृ नजीक बाट नियालेका छन् । आजको चुनावी अभियान वडा न. २ को वंगालपुर, सरुवाडाँडा, डवरा गाउँ लगाएतका टोलहरु सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस