दाङ । दंगीशरण गाउँपालिका वडा न. ५ का यूवाहरुले एमालेलाई समर्थन गर्दै चुनावी अभियानमा लागेका छन् । वडा न. ५ बासीहरु हिजो भन्दा आज आज भएको घरदैलो कार्यक्रममा त्यहाँका स्थानीयले वडा अध्यक्षका उम्मेद्धार निरज वस्नेतलाई साथ दिदै अभियानलाई सफल बनाएका छन् । “निरज वस्नेत आफैमा एक सक्रिय, सरल मान्छे भएकाले यसपालीको चुनावमा वडामा निरजलाई जिताउँछौँ ।” एक युवाले भने । यसपालीको चुनावी अभियानमा युवाको सक्रिय सहभागिता छ । “हामी वेरोजगार भयो । चुनावमा दिने पैसा भनेका टिकाउँ होईनन् । त्यसैले यसपाली हामी रोजगार दिन सक्नेलाई नेता बनाउँछौँ ।” पाचँ वर्षिय कार्यकालमा वडाका युवाका लागि केहि योजना बनेन यस वर्ष हामी फरक मान्छेलाई जिताउँछौँ अव देश बनाउँने जिम्मा युवाको हातमा छ ।” वडाका युवाहरुको एउटै आवाज छ ।
घरदैलो कार्यक्रममा जनतासंगको भेटघाटमा वडा अध्यक्ष पदका उम्मेद्धार निरज वस्नेतले वडामा अझैपनी खानेपानीको समस्या रहेकोे भन्दै आफु विजयी भएपछि शुरुमा खानेपानी र सिचाईका लागि पहल गरिने एमालेका उम्मेद्धार वस्नेतले जनतासंग प्रतीवद्धता ब्यक्त गरेका छन् । यसको साथै युवाहरुको लागि रोजगारमुलक कार्यक्रम संचालन गर्ने प्रतीबद्धता जनाए । आज वडा न. ५ को खलुवाचिस, कुमलगडि, लोवस्ता, डाडाँगाउँ, डाडाचिस, खल्वाचिस, कुर्री लगाएतका गाउँमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।