मतदाताले भने – हामीले चाहेकाे ब्यक्ति उम्मेद्वार हुनुभयाे तपाईंको जितका लागि हामी लागिपर्छाैँ

दाङ । नेकपा एमाले दङ्गीशरण गाउँपालिकाले प्रचार अभियानलाई तीव्र बनाएको छ । आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै एमाले दङ्गीशरण गाउँकमिटीले विभिन्न टोलहरुमा घरदैलो अभियान चलाइरहेको छ ।

एमाले उम्मेदवार एमएन शाह र वडा नं. ३ का वडा अध्यक्षका उम्मेदवार तक बहादुर चौधरीको आज दङ्गीशरण ३ बिजुलीपुरमा घरदैलाै अभियान सञ्चालन भइरहेको छ । घरदैलोका क्रममा त्यहाँका नागरिकले भने -‘हामीले चाहेकाे ब्यक्ति उम्मेद्वार हुनुभयाे तपाईंको जितका लागि हामी लागिपर्छाैँ ।’

प्रतिक्रिया दिनुहोस