दङ्गिशरण गाउँपालीकामा एमालेका उम्मेदवारद्वारा मनोनयन दर्ता

दाङ । दाङको दङ्गिशरण गाउँपालीकामा नेकपा एमालेका उम्मेदवारले स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । गाउँपालीकाको अध्यक्षमा एमएन शाह र उपाध्यक्षमा बुधनी चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

बाजागाजा सहित एमालेका नेताहरू उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

७ वटा वडा रहेको दङ्गिशरण गाउँपालिकामा एमालेले वडा नम्बर १ मा श्रीप्रसाद चौधरी, वडा नम्बर २ मा डम्बर बहादुर खत्री , वडा नम्बर ३ मा टक बहादुर चौधरी, वडा नम्बर ४ मा कमल थारु , वडा नम्बर ५ मा निरज बस्नेत , वडा नम्बर ६ मा लिला वली , वडा नम्बर ७ मा रेशम बहादुर वलिले मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी दर्तापछि गाउँपालीका प्रमुखका उम्मेदवार एमएन शाहले सबैको सहयोग र सद्भावबाट आफूले चुनाव जित्ने विश्वास व्यक्त गर्दै दङ्गिशरण बासीको भावनालाई सम्बोधन गरी समग्र पालिकाको विकासमा क्रियाशि रहने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस