चौरसियाको नेतृत्वमा “कलाउति देवी बचाउ” अभियानलाई सहयोग हस्तान्तरण

बारा । नेपाल तराई समाज दक्षिण कोरियाले “कलाउति देवी बचाउ” अभियानलाई आर्थिक सहयोग गरेको छ ।

नेपाल तराई समाज दक्षिण कोरियाले “कलाउति देवी बचाउ” अभियान अन्तर्गत मधेश प्रदेशको बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं ७ तेलकुवा सिसहनियाँ घर भई हाल भारतमा उपचार गराउदै आएकी पीडित कलाउति देवीलाई नेपाली रुपैयाँ ७४ हजार ९०० रुपैँया आर्थिक सहयोग गरेको छ ।

विगत ३ महिनादेखि आर्थिक अभावका कारण उपचार गर्न समस्यामा रहदै आएका वर्ष ३० का रामजनम शाहकी श्रीमती २८ वर्षिया अन्द्रा सम्बन्धि बिरामी कलाउति देवी शाहलाई अभियान्त अवधेस राज चौरसीयाको रोहवरमा आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।

कलाउति देवी तिन महिनादेखि भारतको रक्सौल स्थित एसआरपी मेमोरियल ट्रस्ट सुपर स्पेसियालिटी हस्पीटलमा उपचारार्थ रहदै आएकी छन् । सहयोग रकम हस्तन्तरण गर्दै चौरसीयाले बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

साथै चौरसीयाले सहयोग रकम जुटाउनमा सहयोग गर्ने विभिन्न सहयोगी मनहरुलाई पनि धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस