दङ्गिशरण १ का अध्यक्षद्वारा गाउँपालिकाको बाईक फिर्ता

दाङ । दङ्गिशरण गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष श्रीप्रसाद चौधरीले आफुले प्रयोग गर्दै आएको बाईक गाउँपालिकालाई फिर्ता गरेका छन् ।

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ ब ७२१ नम्बरको बाईक आइतबार कार्यालयमा बुझाएका छन् ।

आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गरेको जानकारी दिए। २०७४ सालको स्थानीय तहमा अध्यक्ष चौधरी नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिहरू निर्वाचित भएपछि करिब २३ लाखदेखि ६० लाखसम्मका गाडी किनेर चढ्दै आएका छन्।

ऐन कानुनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सवारीसाधन प्रयोग गर्ने सुविधा छ। जिल्लामा स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षले समेत सवारीसाधन प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस