नेकपा एसका उप महासचीव र चौरसीयाबीच भेटवार्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उप महासचिब डा.विजय पौडेल र नेकपा एकीकृत समाजवादी निकट प्रवासी नेपाली एकता मन्च दक्षिण कोरिया संगठन विभाग सचिव अवधेस राज चौरसियाबिच भेटवार्ता भएको छ ।

शनिबार बिहान काठमाडौँको मिनभवनमा भएको भेटवार्तामा पार्टीको गरेको चुनावी अभियानका बारेमा छलफल भएको छ । त्यसक्रममा कसरी निर्वाचनमा जित हासिल गर्न सकिन्छ भन्ने बारेमा चौरसियाले जिज्ञासा राख्नुभएको थियो ।

साथै कोरियाको राजनीतिबाट सिक्न समेत चौरसियाले सुझाब दिनुभएको थियो । यस्तै, उहाँहरु बिच युवाहरुलाई राजनितीमा ल्याउन के कस्ता रणनिती अपनाउन सकिन्छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

भेटमा उप महासचीव पौडेलले प्रावासमा रहेर पनि पार्टी विस्तारको भुमिका निर्वाह गरेको प्रति आभार प्रकट गर्नुभयो । उहाँले नेपाली युवाहरुलाई आफ्नो पार्टी प्रमुख रोजाइ बनाउने तर्फ आफु लागी परेको समेत बताउनुभयो ।

प्रवासी नेपालीहरुले एकीकृत समाजवादी प्रति यसरी नै सक्रिता देखाउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस