अभियान्ता चौरसीयालाई नेपालमा युवाहरुद्धारा स्वागत

काठमाडौँ । नेपाली युवाहरुद्धारा सक्रिय अभियान्ता अवधेस राज चौरसीयलाई नेपालमा एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।

विगत लामो समयदेखि कोरियामा रहेर विभिन्न अभियान मार्फत नेपालमा सहयोग गर्दै आउनुभएका चौरसीयालाई नेपाली युवाहरुको प्रतिनिधित्व गर्दै पत्रकार नबराज जि.एम् ले स्वागत गर्नुभएको थियो ।

अभियान्ता चौरसीया इस्वी संवत २०१५ मा दक्षिण कोरिया प्रवेश गर्नुभएको थियो । त्यहाँ रहेर उहाँले दुख पिडामा रहेका थुप्रै नेपालीहरुलाई मलम लगाउने काम गर्नुभएको छ । त्यसक्रममा चौरसियाले कोरोना महामारीको समयमा पनि अभियानको नेतृत्व गर्दै सहयोग रकम नेपालमा हस्तान्तरण गर्नुभएको थियो । कोरोनाकालमा संचारकर्मी रबी लामीछानेको नेतृत्वमा संचालित जनमैत्रि अस्पताललाई समेत उहाँले विभिन्न सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै चौरसीयाले कोरिया जस्तै नेपाललाई बनाउने संभावनाहरुका बाटोहरु थुप्रै भएको उल्लेख गर्नुभयो । अब कोरियामा सिकेको सिपलाई नेपालमा उर्ताने वातावरण सरकारले सहज बनाएको खण्डमा केहि समयभित्रै कोरिया जस्तो नेपाल बन्ने उहाँको दाबी थियो । उहाँले नेपाली राजनितीमा कुर्सीको मोह त्याग्न सकेमात्रै देशमा विकासको लहर देखा पर्ने बताउनुभयो । युवाको काँधमा जिम्मेवारी नसुम्पिदा सम्म देशले कहिल्यै मुहार फेर्न नसक्ने उहाँले बताउनुभयो । नेपालको राजनितीमा पुराना नेताको क्षमतामालाई उपयोग गर्दै नयाँ युवा पुस्तामा राजनितीको बागडोर सम्हाल्ने जिम्मेवारी दिनुपर्नेमा उहाँको जोड थियो ।

यस्तै, पत्रकार जि.एम् ले अभियान्ता चौरसिया जस्ता ५० जना युवाहरु देश चलाउन तत्पर रहे केहि समयभित्रै देशले काचुली फेर्ने दाबी गर्नुभयो । कार्यक्रममा पत्रकार रोशन घर्ति, पत्रकार शुशिल विश्वकर्मा, अभियान्ता जर्नादन चौरसीया,रमेश भण्डारी लगाएतको उपस्तिथी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस