हिरो अफ् मधेश अवार्डबाट सर्लाहीका युवा नेता साह भए सम्मानित

विरगंज । मधेशी पत्रकार समाजले आज विरगंजमा आयोजाना गरेको राष्ट्रका गौरव मधेशका नायक (हिरो अफ् मधेश) अवार्डबाट सर्लाहीका लोकप्रिय युवा नेता तथा सामाजिक अभियन्ता चन्द्र भुषण साह सम्मानित भएका छन् ।

सक्रिय युवा विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका साहको राजनीतिक यात्रा भने निकै नै रोचक र सफल रहेको देखिन्छ । यसअघि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्व कार्यकालमा तत्कालीन सहरी विकास मन्त्रीको राजनीतिक सल्लाहकारको रुपमा ऐतिहासिक भूमिका निर्वाह गरि सकेका छन् । आईटी आर्मीको केन्द्रीय अध्यक्ष समेत रहेका साहले राष्ट्रिय राजनीतिमा पनि आफ्नो एउटा अलग र राम्रो छवि बनाएका छन् ।

नेपालमा नयाँ सोच र युवा जोशका साथ पारदर्शिता, सुशासन, बदलाव, विकास र समृद्धिका लागी महत्वपूर्ण लडाई लड्ने आफु देशको एक जिम्मेवार सिपाही / पहरेदार रहेको बताउने साहले विगत लामोसमयदेखि अनवरत रुपमा युवा-विद्यार्थी, महिला, मधेशी, मजदूर, किसान, दलित लगायतका पीडित – उत्पीड़ित वर्ग / समुदायको हक अधिकारका लागी शशक्त रुपमा आवाज बुलन्द गर्दै आईरहेको कारणले गर्दा आम जनतामा साहको अलग किसिमको लोभलाग्दो क्रेज रहेको देख्न सकिन्छ ।

हिरो अफ मधेश अवार्ड ग्रहण गर्दै युवा नेता साहले, यस गरिमामय सम्मानका लागी आयोजक संस्थालाई विशेष धन्यवाद ज्ञापन गर्दै आफ्नो काँधमाथि अझ थप प्रभावकारी एवं शशक्त ढंगबाट देश र जनताको हितमा अनवरत काम गर्ने दायित्व / जिम्मेवारी थप भएको कुराको बोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस