दाङ । आसन्न स्थानिय निर्वाचनमा दङ्गिशरण १ वाट नेपाली काग्रेसकाे तर्फवाट युवा नेता रमेश भण्डारीले वडा अध्यक्ष पदमा उम्मदवारि घाेषणा गरेका छन ।
सरल स्वाभाव,प्रष्ट वक्ता र सहयाेगी रुपमा समेत पहिचान बनाएका उनी बाेलीमा भन्दा काममा बिश्वास राख्दछन्। उनले आफुसँग दङ्गिशरण गाउँपालिका वडा नम्बर १ काे बिकासका लागि स्पष्ट पारदर्षी खाका रहेकाे र बिकास गर्न सक्ने हिम्मत समेत रहेकाे बताएका छन्।
पछिल्लाे समयमा नेपाली काँग्रेसकाे राजनितीक बृत्तमा यूवाहरुकाे क्रेज बढिरहेकाे बेला यूवा नेता भण्डारीले पनि समाज र नेतृत्व परिवर्तनकालागि यूवाहरुले राजनितीमा अवसर खाेजिरहेकाे बताएका छन्। नेपाली काँग्रेसमा १ ब्यक्ति १ पदकाे अवधारणा हुनुपर्ने र साेही अनुरुप आफुले उमेदवारी दावी गरेकाे बताउदछन्। पार्टीले आफुलाई टिकट प्रदान गरे आफुलाई यश वडाका मतदाताले बिजयी बनाउने पनि बिश्वास दिलाएका छन्।
उनले नेपाली काँग्रेसका अग्रजकाे सम्मान समकक्षी र युवाकाे साथ गन्तब्यमा अगाडि बढ्ने र दङ्गिशरण १लाई दाङकै नमुना वडा बनाउने दावी गरेका छन्। यद्यपी पार्टीले गरेको निर्णयलाई आफुले आत्मसात गरेर अघि बढ्ने प्रतिवद्धता भण्डारीले व्यक्त गरे ।
उम्मेदवारि घाेषणा कार्यक्रममा मीन कुमार देवकोटा , रोमराज डाँगी , मोहन चौधरी र छिपिन्द्र चौधरीले अध्यक्ष पदमा आफ्नाे उम्मेदवारी घाेषणा गरेका छन् ।
स्थानीय तहको निर्वाचन बैशाख ३० गते तोकिएपछि कांग्रेस पार्टी भित्र वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टिकटका लागि दौडधुप सुरु भएको छ ।