दङ्गिशरणमा रनिङ शिल्ड जारी,सिद्धपृथ्वीको अग्रता कायमै

दाङ । सिद्धपृथ्वी माबी श्रीगाउले हेकुलीमा जारी दङ्गिशरण गाउँपालिका स्तरिय चौथो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ मा आफ्नो अग्रता कायमै राखेको छ ।
दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र माबी हेकुलिकोको संयोजनमा संचालित प्रतियोगिताको दोस्रो दिन सम्म एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्ड तर्फका ९ ईभेन्ट्समा भएको प्रतिस्पर्धामा ६ स्वर्ण, ५ रजत र ३ कास्य पदक हात पार्दै सिद्ध पृथ्वीले अग्रता कायम राख्न सफल भएको हो ।

त्यस्तै साबिक विजेता बिरेन्द्र माबी हेकुली ६ स्वर्ण,३ रजत र ४ कास्य पदकका साथ झिनो अन्तरले दोस्रो स्थानमा रहदा ज्ञानोदय माबि ४ स्वर्ण, ३ रजत र ३ कास्य पदक का साथ तृतिय स्थानमा रहेको प्रतियोगिताका सचिवालय सदस्य प्रदिप चन्दले जानकारी दिनु भएको छ ।

प्रतियोगिता अन्तरगत बिहिवार भलिबल र कबड्डी छात्र /छात्रा फाइनल तथा तृतिय स्थानका लागि खेल हुनेछ्न् भने एथलेटिक्स तर्फका बाकी ईभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। खेल बिहान ७ बजे पछि हुनेछ ।

यसैबिच प्रतियोगिताको समापन भोलि बिहीवारनै गरिने आयोजक दङ्गिशरण गाउँपालिकाले जानकारी दिएको छ । उसले प्रतियोगिता समापन समारोहमा उपस्थिती का लागि राजनितिक दल, खेलप्रेमी,खेलाडी, पत्रकार लगाएत सबैमा अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस