बस र माेटरसाइकल ठाेक्किदा देउखुरीमा तिनजना गम्भीर घाइते

दाङ ,देउखुरी । दाङमा बस र माेटरसाईकल ठाेक्किदा तिनजना गम्भीर घाइते भएका छन् । शुक्रबार लमही देखि काठमाडौ जादै गरेकाे ना ७ ख ५४४२ नम्बरको बस र भालुवाङ् देखि लमही तर्फ आउदै गरेको लु ३३ प ८२५७ नम्बरको माेटरसाईकल एकआपसमा ठाेक्किदा माेटरसाइकलमा सवार लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी ३७ वर्षिय प्रदिप चाैधरी, साेही ठाउँ निवासी ४० वर्षिय बिग्गेश्वर चाैधरी र गढवा गाउँपालिका वडा नम्बर ४ निवासी ४० वर्षिय सन्जाेष चाैधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

घाइते मध्ये तिनैजनाकाे अवस्था गम्भीर रहेको छ । उनिहरूकाे अहिले लमहीकाे फलाेरेन्स् अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुका सात बजे पूर्वबाट पश्चिम तर्फ एउटा माेटरसाईकलमा तिनजना सवार रहेका थिए । बस चालक र बस प्रहरीकाे नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस