दाङ,भौवानाका । ठ्याक्कै तीनवर्ष अगाडिको कुरा हो । भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुप¥यो । आफैँले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदा समेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय (एस.एस.बी) को गाली खानुप¥यो । त्यतीमात्रै कहाँ होर ? सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको (बिओपी) नहुँदा चोरी तस्करी व्यापक हुन्थ्यो । भारतसंग जोडिएका दाङका अधिकशंक खुला सिमानाका कारण सीमा क्षेत्रका बस्तीहरू सुरक्षित थिएनन् । चोरी, तस्करी लगायतका गतिविधि मौलाएका थिए । भारततर्फ बाक्लो सुरक्षा रहेपनि नेपालमा सुरक्षा निकाय नहुँदा यसक्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै रहनुपथ्र्यो तर अब भने सीमावर्ती क्षेत्रका बासिन्दाले अलि हल्का सास फेर्न थालेका छन् । नेपालतर्फ पनि ठाउँ—ठाउँमा सशस्त्र प्रहरीको बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि विगतका समस्या समाधान हुदै गएको राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी पूर्णबहादुर रोकाले बताउनुभयो ।
हुन पनि भारतसंग जोडिएको दाङको सीमावर्ती क्षेत्रमा एकवर्षको अवधिमा पाँचवटा (बिओपी), आठवटा फरवार्ड बेस र तीनवटा बोर्डर मोनिटरिङ् पोष्ट स्थापना गरिएको छ । जसअन्र्तगत ८३ किलोमिटर सीमा रहेको दाङको कोइलाबास, पटौली, खांग्रा, सुनपत्थरी र भैसाहीँनाकामा (विओपी) स्थापना गरिएको छ । यस्तै भौरेसाल, मुसी, खबरी, सुख्खा, सुकौली, कल्याणपुर, छेग्रीया र भौवानाकामा फरवाट बेस स्थापना गरिएको छ भने तीनवटा बोर्डर मोनिटरिङ् पोष्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल २९ नं. हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख बिनोद केसीले जानकारी दिनुभयो । भारतको बलरामपुर जिल्लासंग जोडिएको नेपालको कोइलाबास नाकामा सबैभन्दा पहिले (विओपी) स्थापना भएको हो । त्यसपछि पटौली, खांग्रा, सुनपत्थरी र भैसाहीँनाकामा पनि (बिओपी) स्थापना भइसकेको छ । सरकारले (बिओपी) स्थापनाका लागि स्वीकृति दिएको अव दाङको केही सीमावर्ती क्षेत्रमा मात्रै बिओपी राख्न बाँकी रहेको छ । उक्त क्षेत्रमा पनि (बिओपी) स्थापनाका लागि तयारी भइरहेको भालुवाङ्का प्रमुख केसीले बताउनुभयो ।
भालुवाङ्का प्रमुख बिनोद केसीका अनुसार नेपाल—भारतस सीमामा प्रहरी निरीक्षकको नेतृत्वमा (बिओपी) स्थापना गरिएको बताउनुभयो । छोटो समयमा सुरक्षाका लागि (बिओपी) बने पनि यति मात्र सुरक्षाले सीमा पूर्ण हुने अवस्था छैन । भारततर्फ एस.एस.बीको क्याम्प नै बसेकाले पनि ठूलै संख्यामा सुरक्षा खटाउनुपर्ने देखिन्छ, प्रमुख केसीले भन्नुभयो,—। ‘अहिले पनि केही (बिओपी)मा तोकिए बमोजिमको सुरक्षा दिन जनशक्तिको अभाव छ ।’ सीमावर्ती क्षेत्रको गतिविधिलाई बुझ्दै निरन्तर जनशक्ति बढाउँदै लगिने दाङका प्रमुख जिल्ला अधिकारी हिरालला रेग्मीले बताउनुभयो । विगतमा नाकाबासीहरुले मात्र सुरक्षा दिइरहेको सीमामा अब सुरक्षाकर्मी थपिएपछि क्रमशः संख्या र संरचना बढाउँदै लगिने अधिकारी रेग्मीले बताउनुभयो । ‘पहिले गोठालाले मात्र सीमाको रक्षा गर्नुपथ्र्यो, अब केही दह्रो भयो, अधिकारी रेग्मीले भन्नुभयो ।’ बिओपी स्थापना भएपछि जनताले शान्ति महसुस गर्न पाएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको निरन्तर डिउटीले गर्दा चोरी तस्करी कम भएको अधिकारी रेग्मीले बताउनुभयो । ‘पहिले गाउँमै आएर चोरी, डकैती हुने गरेको भन्ने सुनिन्छ,’ उहाँले भन्नुभयो,—। ‘अहिले त्यस्तो भएको छैन, सीमा क्षेत्रमा हुने अवैध ओसार प्रसार पनि रोकिएको छ ।’ सीमा सुरक्षाका लागि स्थापना भएको (बिओपी)ले सीमाको निगरानी, सीमास्तम्भको अभिलेखीकरण, त्यसको सुरक्षा, भारतीय सीमा सुरक्षा (बल एस.एस.बी) सँग संयुक्त गस्ती, चोरी तस्करी नियन्त्रण र सीमामा समन्वयको काम गर्नेछन् । लामो समयदेखि सिमानामा सुरक्षा उपस्थितिको माग गरिरहेका स्थानिय (विओपी) स्थापना भएपछि खुशी देखिएका छन् । (विओपी) स्थापना भएपछि समा सुरक्षा, सिमा स्तम्भको संरक्षण, उच्च पहाडी क्षेत्रमा चोरी निकासी नियन्त्रण, सुरक्षाको प्रत्याभुति लगायतका विषयमा राहत पुग्ने स्थानीय भौवानाका निवासी मंगलसिंहले बताउनुभयो । ‘सुन्य सुरक्षा उपस्थीतिको अवस्थामा सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना हुनु हाम्रोलागी खुसिको कुरा हो, भौवानका निवासी मंगलसिंहले भन्नुभयो,—। ‘अब भारत तर्फका सुरक्षाकर्मीले हामीलाई हेप्न सक्दैनन । महत्पूर्ण कुरा सिमा सुरक्षा, यहाँको जैविक विविधताको सुरक्षा हुने आशा गरीएको छ ।’