विश्व मृगौला दिवस ‘जीवनभरको कमाइ र घरजग्गा नै उपचारमा सकियो’

दाङ,देउखुरी । पछिल्लो समय नेपालमा मृगौला रोगको समस्या जटिल बन्दै गइरहेको छ । नेपालमा कुनै न कुनै रुपमा मृगौलाको समस्या रहेको विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएको छ । धेरै मानिसहरुकोे मृगौला बिग्रिरहेको छ । हरेकवर्ष नेपालमा मृगौलाका तीनहजार नयाँ बिरामीहरु थपिने गरेका छन् । यस्तै चार हजारभन्दा बढी नयाँ डायलासिस गर्नेहरु थपिने गरेका छन् । सरकारले मृगौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मृगौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि एकलाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ । तर कतिपय विरामी र विरामीका आफन्तहरुले सरकारले उपलब्ध गराएको सेवाका बारे जानकारी नहुँदा राम्रोसँग उपचार नपाई ज्यान गुमाउनु परिरहेको छ । यस्तै कतिपयको जीवनभरको कमाइ र घरजग्गा नै उपचारमा सकिएको छ । कतिको उपचारका कारण घरबारविहीन हुनुपर्ने मात्र भएको छैन विरामीको उपचार नै असफल भएका घटनाहरु हामी गाउँघरमा देख्न र सुन्न पाउँछौं ।

विश्व मृगौला दिवसको अवसरमा दाङमा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको छ । रोटरी क्लप अफ लमहीले विश्व मृगौला दिवसरको अवसरमा २५ गते रक्तदान र २६ गते प्रभातफेरी गरेको हो । बिहिवार रोटरी क्लव अफ लमहीले आयोजना गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले मृगौला रोगलाई नियमन्त्रणको योजनालाई प्रक्षेपण गर्ने सोच सहित संघीय सरकार र लुम्बिनी सरकार अगाडि बढेको बताउनुभयो । ‘लुम्बिनी सरकारले विसवर्ष मुनिका बालबालिकाहरुको निःशुल्क मधुमेह चेकजाँच गर्ने अभियान संचालन गरेको बताउनुभयो । मधुमेह बच्चै देखि वा दिनप्रतिदिन बढ्दै जानुको कारण के हो ? कुन अवस्था छ र त्यसलाई नियन्त्रण गर्नको लागि कस्तो प्रकारको रणनिति कार्यान्वयको गर्नुपर्छ भन्ने हामीले अहिले अनुसन्धान गरिरहेका छाँै, मन्त्री थारुले भन्नुभयो,—। ‘मृगौला रोग कसरी लाग्छ, कसरी विग्रन्छ भन्ने कुरा सबै नागरिकलाई बुझाउनुपर्छ । मृगौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा सबैले ध्यान दिनुपर्छ ।’

उहाँले भन्नुभयो, ‘अहिले जती पनि मानव समुदायमा फैलिरहेको विभिन्न रोगहरु छन् ती रोगहरु हामी आफैले सृजना गरेको रोगहरु हुन् भन्ने कुराहरु पनि संगसंगै बुझ्न जरुरी रहेको छ । प्रायः रोगहरु खानपिनमा सन्तुलन मिलाउन नजानेर बढि रोग लाग्ने गरेको छ । मृगौला रोगको प्रमुख कारण पनि त्यही नै हो ।’ ‘राज्यको तर्फबाट जनचेतना फैलाउने कुरा र हरेक नागरिकले त्यसलाइ व्यवहारमा लागु गर्ने कुरा सबै आ—आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्न आवश्यक रहेको छ । रोग लगिसकेपछि नागरिकको उपचार गर्ने जिम्मेवारी राज्यको हो राज्यले त्यो व्यवस्था मिलाउदै गइरहेको छ ।’ कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले दैनिक २÷३ जना विरामीलाई डायलाइसिसको लागि सिफारिस गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब हामी सबैजना सचेत हुन आवश्यक छ । यस रोगविरुद्ध हामीले सबै ठाउँ—ठाउँमा चेतना फैलाउन सक्यो भने भोलि आउने समस्यालाई आजै निराकरण गर्न सक्छौ । यो डायलाईसिस सेन्टर साविक राप्ती अञ्चलको लागि बरदान स्वरूप भएको छ ।’

रोटरी क्लव अफ लमहीका अध्यक्ष बसन्तकुमार भण्डारीको अध्यक्षता एवम् लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुको प्रमुख अतिथिमा सम्पन्न भइको कार्यक्रममा लमही डायलाइसिस सेन्टरका डाक्टर सबुद खान, अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन रिजाल, देउखुरी उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष केशवराज पोख्रेल, विद्यालयको तर्फबाट सनलाईट मोर्डन स्कुलका सहायक प्रधानध्यापक खिम पुन, लगायतले बोल्नुभएको थियो । कार्यक्रम संयोजक लोकमान रिजालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण फणाढर ढकाल र केशबराज घिमिरेले संयुक्तरूपमा गर्नुभएको थियोे।

मृगौला पीडित विरामीले के खानु हुन्छ के खानु हुँदैन ?

मृगौला रोगीले जाँढ, रक्सी, चुरोट, पेन किलर, जथाभाबि औषधी खानु हुँदैन । उच्च प्रोटीन आहार, उच्च सोडियम आहार खानु हुँदैन । डाक्टरको र डायटिसियनको सल्लाह अनुसार शरीरको वजन र उचाईको आधारमा, मृगौला रोग को प्रकृतिको आधारमा र मृगौलाको काम गर्ने क्षमताको आधारमा डाईट चार्ट लिनु पर्छ । डाक्टरको सल्लाह र सुझाव अनुसार चल्ने, बेलाबेलामा मृगौलाको चेक जाँच गर्ने आफूखुसी खानपिन नगर्ने नै मृगौला बचाउने उपयुक्त उपाय हो ।

डायलाईसिस गरेका व्यक्ति कति वर्षसम्म बाँच्न सक्छन् ?
डायलासिस गरेका व्यक्तिहरुको चाडै मृत्यु हुने मुख्य कारण मुटुको कम्प्लीकेशन र इन्फेक्सन हो । डायलासिस गरेका व्यक्तिहरुमा सुरुवातको एक महिनादेखि एक वर्षसम्म महत्वपूर्ण हुन्छ । १०÷१५ प्रतिशत विरामीको मृत्यु डायलासिस सुरु गरेको १÷२ वर्षभित्र हुन्छ । हामीले २५ वर्ष बाँच्न सफल विरामी आधाजस्तो देख्छौं, तर ५ देखि १० वर्षसम्म डायलासिस गरेर बाँच्ने विरामीहरु धेरै कम छन् । तर हाम्रो देशमा कति जनाको मृत्यु हुन्छ भन्ने इक्ज्याक्ट तथ्यांक भने छैन ।।

प्रतिक्रिया दिनुहोस