युक्रेनका राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपति बाइडेनबिच वार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति जो बाइडेनबिच फोन वार्ता भएको छ ।

बाइडेनसँगको वार्तामा युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले सामाजिक संजाल मार्फत जनाकारी गराएकाछन् । यस्तै, जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन् । जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ । यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायली प्रधानमन्त्री नाफ्तली बेनेटबिच भेटवार्ता भएको छ । रुस–युक्रेन युद्धले विश्व नै विभाजित भईरहेका बेला इजरायली प्रधानमन्त्री बेनेट रुस पुग्नुभएको हो ।रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन संवाद गरेको भोलिपल्टै बेनेट पुटिनलाई भेट्न मस्को पुगेका हुन् । बेनेटले क्रेमलिनमा रुसी राष्ट्रपति पुटिनसँग वार्ता गरेका छन् । पश्चिमा र रुससँग बराबर सम्बन्ध राख्ने इजरायली प्रधानमन्त्रीको मस्को भ्रमणलाई युक्रेन युद्ध रोक्ने पहलको रुपमा विश्लेषण गरिएको छ ।००००

यसैबिच, रुस र युक्रेनबीचको तेस्रो चरणको शान्ति वार्ता भोली हुने भएको छ ।
यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र उक्त वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् । तेस्रो चरणको वार्ता भोली हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका छन् । उनले सामाजिक संजाल मार्फत युक्रेन र रुसका बीचमा तेस्रो चरणको वार्ता हुने बारे जानकारी दिएको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।००००

प्रतिक्रिया दिनुहोस