सुनको मूल्य तोलामा एकैदिन २ हजार बढ्यो, प्रति तोला मूल्य कति ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोलामा दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ ।

चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैँयाको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस