प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल जारी, उपाधिका लागि तुलसिपुर र राप्ती भिड्ने

दाङ । दाङको घोराहीमा जारी प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् !
नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिका लाई २५- २१,२५ -२१ र २५-१४ अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा तय गरेको हो ! त्यस्तै दिउँसो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा घोराही उपमहानगरपालिका लाई २५-१६,२५-२० र २५-२० अर्थात ३-० को सोझो सेटमा पराजित गर्दै राप्ती गाउँपालिकाले तुलसिपुर संगको फाईनल भिड्न्त पक्का गरेको हो !

उल्लेख्य दर्शकले खचाखच भरिएको सहिद मञ्च घोराहीमा जारी प्रतियोगितामा आफुलाई उपाधिको दावेदारको रुपमा शसक्त र शानदार प्रस्तुत गर्दै आएका दुबै टिमको फाईनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ !

फागुन १६ गतेबाट संचालित प्रतियोगितामा जिल्लाका दस पालिकाका टिमको सहभागिता रहेको थियो ! प्रतियोगिताको बिजेता र उपबिजेता टिमले क्रमशः नगद दुई लाख र एक लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछन् भने ब्यक्तिगत बिधा तर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कारको ब्यबस्था गरिएको प्रतियोगिताका संयोजक राजु आचार्यले जानकारी दिनुभएको छ ! यसैबिच आयोजकले भोलि आईतवार हुने फाईनल खेल तथा समापन समारोहमा उपस्तिथिका खेलप्रेमी,खेलाडी,उधोगी,ब्यबसायी,समाजसेवी, बुद्धिजीवी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ !

प्रतिक्रिया दिनुहोस