प्रकृति र सस्कृती जोगाएर उद्योग सन्चालन गरौं : नगर प्रमुख पाण्डे

दाङ । तुलसीपुर उपमहानगरपालिका, ग्रिन फाउण्डेसन नेपाल , फेयर ट्रेड ग्रुप नेपाल लगायतको आयोजनामा तुलसीपुरमा मेयर दिगो उद्यमशीलता वुट क्याम्प को आज तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख पाण्डेले एक कार्यक्रमको बिच कार्यक्रमको व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो।प्रमुख अतिथि समेत रहेका पान्डेले प्रकृति र सस्कृति जोगायर दिगो उद्यम संचालन गर्नु पर्नेमा जोड दिए। नयाँ सोचका साथ उद्यम संचालन गरे अवश्य सफल हुने विचार राखेका थिए ।

कार्यक्रममा fair trade group Nepal का अध्यक्ष डा सुनिल चित्रकारले व्लयावसायमा समस्या र अबसर दुबै रहेको र अवसरलाई पहिचान गर्नु पर्ने बिचार राखेका थिए।सस्कृतविद असोक थारु , स्थानीय वन महासंघका चन्द्र व वलि ,पारिवारिक निजिवनका मेघराज भुसाल ,राधिका न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो।कार्यक्रममा तुलसीपुर क्षेत्रका ४० जना उद्यमि हरुको सहभागीता रहेको थियो ।

ग्रीन फाउन्डेसन नेपाल का सुरेश कुमार रावतको स्वागत मन्तव्य बाट कार्यक्रमको सुरुवात भएको थियो एवम् तुलसीपुरका प्रमुख प्रसासकिय अधिकृत मोहन पौडेल को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम को संचालन उद्योग तथा व्यावसाय प्रवर्द्धन शाखाा प्रमुख रेवा रावतले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस