दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं.३ भित्रि खोलामा सुरु भएको ड्याम निर्माणको काम रोकिएको छ । शिवबहादुर घर्तीको पूर्जावाला जग्गामा निर्माण हुन ड्याम हुन लागेपनि त्यो जग्गाको मुआब्जा नदिएपछि काम रोकिएको हो । गएको पुस अन्तिम सातादेखि सुरु भएपनि अहिले जग्गाको मुआब्जा नपाउँदा आफूहरुले ड्याम निर्माण कार्य रोकिएको हो ।
ड्याम निर्माणकालागि घर्तीले आफ्नो ४ कठ्ठा ६ धुर जग्गा उपलब्ध गराएका थिए । जमध्ये डेढ कठ्ठा जग्गा निःशुल्क उपल्ब्ध गराएको र बाँकी जग्गा मुआब्जा पाउने गरि उपलब्ध गराएको भएपनि अहिले मुआब्जा नपाएपछि काम रोक्नु पर्ने अबस्था आएको घर्तीले बताए ।
आफूले प्रति जग्गा दिने र लैजादा ऐलानी लैजाउ भन्न नसुहाउने उनको भनाई छैन । त्यति मात्रै होईन्, सम्झौता गरेको भन्दा दुई गुना बढि जग्गा मिचिएको छ । अहिले त्यहाँ उनीहरुको १० कठ्ठा जग्गा मिचिएको छ । त्यसमा पनि उनीहरुको आपत्ति छ । पहिले आफूहरुलाई मुआब्जा दिने भनि प्रलोभनमा देखाएको उनीहरुले गुनसाो गरे । उनिहरुका अनुसार माथि ड्याम र तल आफूहरूको घर रहेको हुँदा ड्याम फुटेमा घरलाई नै जोखिम पार्न सक्नेसमेत उनको भनाइ थियो ।
ड्याम निर्माण कार्य रोकिएपछि राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले चासोसमेत देखाएका छन् । ड्याम निर्माण स्थलमै पुगेर अवलोकन गर्नुका साथै दुवै पक्षसँग छलफलसमेत गरेका थिए । त्यस क्रममा उनले निर्माणमा देखिएका अवरोध तत्काल समाधान गरेर काम अगाडि बढाउनुपर्ने बताए । त्यसका लागि दुवै पक्ष सन्तुष्ट हुने खालको वातावरण तयार गर्नुपर्ने समेत बताए ।
ड्याम निर्माणकालागि यो बर्ष संघीय सरकारले ५ लाख मात्रै बजेट हालेको छ । गएको बर्ष त्यहाँ ड्याम निर्माणको लागि डीपीआर निर्माण भएको थियो । त्यो डीपीआर अनुसार त्यहाँ ड्याम बनाउने र लिफ्ट गर्ने योजना छ । त्यसकालागि ३ करोड ५४ लाख ९६ हजार बजेट लाग्नेछ । यो आर्थिक बर्षमा ५ लाख मात्रै बजेट आएको भएपनि त्यहाँ थप्नकालागि पहल भइरहेको छ ।
जग्गाको सट्टा आफूहरुलाई प्रति जग्गा नै चाहिने समेत उनीहरुको माग छ । घरमा पनि दुईजना अपाङ्ग ब्यक्ती भएकाले काम गरि खान सक्ने अबस्था पनि नरहेको भन्दै आफ्नो छाकबासको उचित ब्यबस्थापन गरिदिनुपर्ने उनीहरुले बताएका छन ।