दुर्गेश समिक्षा लगायतका कलाकारलाई दाङमा बहिष्कार गरिने

दाङ । दाङ घोराही निबासी चर्चित नायक पल शाह लाई षड्यन्त्र मुलक तरिकाले फसाउन खोज्नेहरुलाई दाङमा बहिस्कार गरिने भएको छ।गाएक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारीलाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रमहरुमा बहिस्कार गरिने भएको छ।दाङ मेला महोत्सव बढी हुने जिल्लामा पर्दछ।

गायक दुर्गेश थापा यस अगाडि सबै जसो कार्यक्रममा आउने गर्दथे।दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गतेबाट महोत्सव घोराहीमा आयोजना गर्दै छ।यो महोत्सवमा समेत यी कलाकारहरुलाई बोलाइने छैन।

प्रतिक्रिया दिनुहोस