एमाले वडा अध्यक्षको दादा गिरी नबराज घलान र मरहट्टा बिच हनाहान

चितवन – चितवन जिल्ला स्थित कालिका नगरपालिका ३पदमपुरको  जनप्रीय टोलम एमाले वडा अध्यक्ष टीका रिजालले आफ्नो  दादागिरी र टोले सुकुल्गुन्डाको आडमा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई मनखुशी निस्सा बितरण गर्न लागे पछि असन्तुष्ट सहजीकरण समितिको सदस्य  ycl कालिका न.पा इन्चार्ज नबराज घलान तमाङ्ले आवाज उठाउदा उनी माथी निर्घात कुटपिट भएको छ।

नेपाल सरकारले बर्षौ देखि ब्यबस्थापन गर्न न सकेको सुकुम्बासी र अव्यवस्थित बसोबास गरेको जनतालाई जग्गा बितरण गर्न लागि परेको भुमी ब्यबस्थापक आयोगले नेपालको हरेक जिल्लाको सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहिको जनतालाई आफुले भोग चलन गरेको जग्गाको लाल पुर्जा दिलाउन तथ्यांक संकलन गरि निस्सा बितरण गरिरहेको परिपक्षमा  चितवन जिल्ला स्थित कालिका नगरपालिका ३ पदमपुरको  जनप्रीय टोलमा बिबाद पश्चात् झडप सृजना भएको थियो। एमाले वडा अध्यक्ष टीका रिजालले आफ्नो  दादागिरी र मनोखुशी गर्दै टोले सुकुल्गुन्डाको आडमा भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासिलाई सहजीकरण समितिको निर्णयबाहिर रहेर आफ्नै आफ्नै हातबाट   मनलाग्दी  निस्सा बितरण गर्न लागे पछि असन्तुष्ट सहजीकरण समितिको सदस्य तथा नेकपा माओवादी  केन्द्र निकट कालिका नगरपालिका वाई सि एलइन्चार्ज नबराज घलान तमाङ्ले आवाज उठाउदा उनी माथी निर्घात कुटपिट भै उनको देब्रे  हातको कान्छी औला भाचिएको छ।

सहजीकरण समिति गठन गरिएता पनि निस्सा एमाले बाट निर्वाचित वडा अध्यक्ष टीका रिजालले आफ्नै हातवाट एकलौटी  आफ्नो मनाखुशी  निश्शा बितरण गर्न थाले पछि काङ्ग्रेस र माओवादी केन्द्र र नेकपा समाजवादीको सदस्यहरुले असन्तुष्टि जनाउदै आएका थिए। वडा अध्यक्ष बाहेक कसैले निस्सा बितरण गर्न नसकिने र वडा अध्यक्षले चाहे अन्य पार्टीको सुकुम्बासी जनताले भोगचलन गरेको जग्गाको निस्सा आफ्नो पार्टी एमालेको जनतालाई मनखुशी बाड्न थालेपछी विवाद सृजना भएको थियो।

असन्तुष्ट पक्षबाट नेतृत्व लिएका नवराज घलानले वडा अध्यक्ष  सामु आफुहरुको असन्तुस्टी जनाउदा एक्कासि नेकपा माओवादी परित्याग गरि एमाले प्रवेश गरेका पुर्व जनमुक्ति सेना ऋषि राम मरहट्टा उर्फ सुरेशले नवराजमाथी हातपात गरी वडा अध्यक्ष स्वयमले प्रहरी लाई फोन गरि नबरार घलान लाई प्रहरीको जिम्मा लगाईदिएको थिए। घाइते तमाङ्को देब्रे  हात फ्याक्चर भएको रत्ननगर अस्पतालको रिपोर्टले बताएको छ। झडपमा मरहट्टा पनि घाइते भएका छ्न।

प्रतिक्रिया दिनुहोस