धादिङमा अपरेटरको लास उठेन ठेकेदार भन्छ ५० हजार दिन्छु पिडित भन्छ्न जिवनको रक्षा होस।

धादिङ – गंगा जमुना  गाउपालिका ५ मजुवा बेशीमा सुकु भन्ज्याङ मरौटी बाटो निर्माण समितिको काम गर्दै गर्दा  मंगलबार ३ गते मृत्यु भएको अपरेटरको परिवारले उचित क्षतिपूर्ति नपाए सम्म र बाच्ने आधारको ग्यारेन्टी नभए सम्म शव नउठाउने बताएका छ्न।

दीपेन्द्र बुढाथोकी द्वारा संचालित धादिङ कन्ट्रक्सनले  बा २ ख ७६८९ नम्बरको एक्सावेटर अपरेटर रोशन कुमारको पारिश्रमिक लामो समय रोकेर जवरजस्ती खतरापूर्ण र जोखिम ठाउमा बिनासुरक्षा काममा लगाएको कारण आफ्नो श्रीमानको मृत्यु भएको  र आफूहरु लामो समय देखि चितवनमा भाडामा बस्दै आएको अबस्था नाजुक भएको नाबालक छोरा पढाउन पर्ने।धेरै ऋण रहेको र अब कमाएर दिने कोहि न भएको बताउदै उचित क्षतिपूर्ति राहत र बाच्ने आधारको ग्यारेन्टी  लागि २५ लाख क्षतिपूर्ति  दिन गंगा जमुना  गाउपालिका अध्यक्ष  बल बहादुर अधिकारी, गंगा जमुना गाउपालिका ५ का वडा अध्यक्ष  रामचन्द्र अधिकारी र मालिक बुढाथोकी सामु मृतकको श्रीमती ललिता धामीले राहत मागेकी थिन।

दुवै पक्ष बिच लामो छलफल पछि पनि कुनै निष्कर्ष ननिस्किए पछि  देश बिकासको लागि भौतिक बिकास निर्माणमा खटिएको अवस्थामा ज्यान गुमाउन परेको कारण सरकारबाट दिने पाच लाख बिमा रकम र आफुले काम गरेको पारिश्रमिक बाहेक कम्तिमा ९ लाख रुपैयाँ गाउपालिका, वडा र  मेसिन मालिकले जुटाउन सकिने र जुटाई दिन पर्ने माग अपरेटरकोर हितमा कृयाशिल संगठन अपरेटर भिजन कर्पोशनका अध्यक्ष हिमाल बिस्वकर्माले राख्नु भएको थियो। र मृतक परियार लाई समेत विश्वकर्माले यसैमा सहमति गरेर समस्या समाधान गर्न मनाएका थिए। तर ठेकेदार पक्ष बाट सरकारबाट दिने पाच लाख बिमा रकम मा एक लाख मात्रै थपिदिने र अहिले ५० हजार मात्रै दिने बताए पछि  बन्दको दिन सर्लाही देखि आएको   भाडा र  खान बस्न को मात्रै २ लाख पुगिसकेको अवस्थामा यस्तो असान्दर्भिक कुरा गर्ने बार बार फोन गर्दा पनि गाउँ पालिका अध्यक्ष र वडा अध्यक्षले पीडितलाई भेट्न नचाएको भन्दै असन्तुष्ट बनेको पीडित पक्ष छिटोभन्दा छिटो छलफल र सहमती जुट्न नसके लास त्यही छोडेर आन्दोलन गर्ने बताएका छ्न।

प्रतिक्रिया दिनुहोस