लिवाङमा जिप दुर्घटना हुदा ६ जनाकाे मृत्यु

दाङ । लिवाङ ओखरपाटामा जिप दुर्घटना हुदा छजनाकाे घटनास्थलमै मृत्यु भएको छ ।
शनिबार विहान एक बजे लुङबाट दुलही लिएर आउदै गरेको ग १ ज ५०९२ नम्बरको जिप गाैमुखि गाउँपालिका वडा नम्बर ६ लिवाङ ओखरपाटामा जिप दुर्घटना हुदा ६ जना को घटनास्थलमै मृत्यु भएको लिवाङ प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिपमा सवार ७ जना गम्भीर घाइते भएका छन् । उनिहरूलाई उपचारको लागि बिजुवार पुर्‍याइएकाे छ ।

जीप सडक देखि करिब ३ सय मिटर तल खोल्सा मा खसेको छ। घाइते तथा मृतकको विवरण आउँन बाकी रहेको लिवाङ प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस