ताजा जनादेशमा जानुको विकल्प छैन : महासचिव पोखरेल 

दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सत्तारुढ गठबन्धन चुनावदेखि भाग्न खोजेको आरोप लगाउनुभएको छ ।
प्रेस चौतारी नेपाल दाङ शाखाले आज  दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सत्तारुढ गठबन्धन संविधान र कानुनको कुरा गरेर चुनावदेखि भाग्न खोजेको आरोप लगाउनुभएको हो ।

उहाँले पाँच दलीय गठबन्धनको सरकारले निर्वाचन नगर्नका लागि बहाना गरिरहेको समेत दाबी गर्नुभयो ।

महासचिव पोखरेलले निर्वाचन भएमा गठबन्धनसँग एमाले चुनावी प्रतिस्पर्धामा जाने बताउनुभयो ।

उहाँले गठबन्धनको सरकारले भारतले नेपालको सीमा मिच्दा समेत अन्तर्राष्ट्रिय समुदायमा आफ्ना आवाज लैजाने सवालमा पूर्ण रुपमा असफल भएको बताउनुभयो ।

उहाँले अहिलेको गठबन्धन केवल नेकपा एमालेको बढ्दो लोकप्रियता र जनमतलाई रोक्न निर्माण गरिएको मात्रै भएको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस