तलको तस्वीर बारे

काठमाडौं । म यी बृद्दको बारे धेरै जान्दिन तर यो उमेरमा पछाडी हल्गोरु र आधा जोतिएको त्यो बारिको गरो पक्कै यिनको नातिले जोतेको हैन । किनकी यी बृद्दको यो प्रमाण पत्र समाइ र हँसाँईले उक्त कुरा बोलिरहेछ कि ज्यान कति थकित छ तर धर छैन भनेर ।
यि बुबाका पनि दर सन्तान होलान , तिन्लाइ मुग्लान खेदी यो उमेरमा हलोजोत्न बाद्य बार्ने यिनै काङ्ग्रेस कमनिस्ट हुन ।

यिनै काङ्ग्रेस कमनिस्ट आज  स्वास्थ उपचार घुम्ती सेवा भन्दै छोरा छोरिको हातबाट माँड , जाउली र गरम पानी अगेनाको डिल्मा बसि यो मिन्पचासिमा खान पर्ने उमेरमा आफ्नो सन्तान बाट  बिमुख गराई बारिमा हलो जोताई  आफ्नो राजनितिक अभिस्ट पूरा गर्न गाउँ गाँउमा आफ्ना सुन्डमुन्डहरु प्रयोग गरि हाम्म्रा तमाम नेपालि आमा बुवाको स्वास्थलाइ पुनः  भोटमा कन्भर्ट गर्न मोटिभेसन कार्यकम चलाइ रहेछन ! आखिर कैले सम्म ? साथिहरु उल्टो खेद्यो नभन्नुहोला तर म छक्क परेको छु।

नेपालका गाउँ पालिकाका बृद्द बृद्दालाई  बर्सौं पछि  गाउँ पालिकाले जेस्ठनागरिक प्रमाण पत्र बितरण गर्न मन लागेको बेला मात्रै बिरामी पर्दछन ? वा त्यतिनै बेला मात्रै स्वास्थ जाँच गरेपछी   बृद्दबृद्दा सबै सामान्य औषधि पाएर निका हुन्छन?
र पुनः अर्को प्रमाणपत्र कैले पाँइने हो भनेर कुरेर बर्सौ  बस्लान ??

मलाइ यत्ती भनियोसकी :-

यो जाँच र प्रमाणपत्र बितरणको दौरानका क्रम्मा कतित थला परेका , औसधि खान पैसा नभएका , दिर्घ रोग लागि उपचार गर्न खर्च नभएर ओछ्यान्मै मलमुत्र बिसर्जन गरिरहेका पनि भेटिएलान्नी ?
ती मध्धे यसरी प्रमाणपत्र बितरण गर्दै हिड्ने पालिकाहरुले कतिको ब्यक्तिगत हितमा उपचार रेफर वा आर्थिक संकट टारिदिए ?? कति बृद्द बाबुआमाको श्याहार संहारको लागि काङ्ग्रेस कमनिस्ट बाट बाद्य पारिएर  बर्सौं बाट मुग्लान खेदिएको सन्तान फर्काइए  ? र  उपचार पाई स्वस्थ बनाइ घर फर्काइयो ? यो प्रमण पत्र  बितरण जस्तै गरि ती निको भएर फर्किनेहरुको लिस्टपनी  होलानी ? त्यो पनि  सामाजिक संजाल्मा प्रकासन गरौंन प्लिज ?

स्मरणरहोस :

आफ्ना पालिकाका बृद्दबृद्दा रोगी अशक्त एकल उपेक्षित आदिको हेरचाह गर्नु एक्दमै राम्म्रो हो  म यस्को समर्थन गर्दछु।
१.माँड खाने मुखमा सिटामोल !

२.चमच समाउने हात्मा हलाको अनौं !

३.स्वस्थ र सन्तुलित भोजन् खाने मुखमा पेन्किलर !

४.सन्तान्लाइ हात हल्लाइ बिहान बेलुका सुम्सुम्याउने हात्मा मेलोपात !

५.अगेनाको डिल्मा बसि लाम्पाते , बिंडी वा सिग्रेट पिई आनन्ले दिन गुजार्ने बेलामा म भन्दा पैला मेरोसन्तानको लासपो बाकसमा आउलाकी भन्ने  पिरै पिरले  आधा मासु भै दिनभर काम र रात्भर सन्तानको  चिन्ता !

थमाँई दिएर देसका तमाम रोग ब्याध र बुढेउलि निका हुने भए न मानिसले  पालिकाहरुले बितरण गर्ने राजनितिक लौरो टेक्न पर्थ्यो नत  तेइ लौरो टेकि सयकडौं माइल एम्बुलेन्समा  गुडि उपचारै गर्न  लाखौं खर्चन पर्थ्यो ।

यी दुबै बिसयमा साथ सहयोग र सौलियत चैं  राज्यबाट जिरो गराएर  ब्यक्तिको इन्स्योरेन्स छ तर प्रोसेस गर्दा गर्दै बिरामी बित्ने , सिकिस्त भएको बिरामी पालो कुर्दा कुर्दै बेडमै नपुगी आफन्तको माँड पेलाइले निको भएर घर फर्कने वा हस्पिटल भर्ना भएर उतै  बेवारिसे कुत्ताको झैं  मरण हुने आम चलन बाट कैले मुक्त हुन्छ महोदय नेपाली समाज  ?? र भन्छ गणतन्त्र ले हामिलाइ पालेको छ , पोसेको छ , रेखदेख गरेको छ भनेर!!

प्रतिक्रिया दिनुहोस