योगेश भटराईसँग, चुरी-फुरी गर्ने, र जिस्किने सिद्धिनेछन्ः नवीना लामा

काठमाडौं । पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराई र बहालवाला मन्त्री प्रेम आले एक –अर्काविरुद्ध उत्रिएको अवस्था छ ।

बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट क्याफेटेरियाु सञ्चालन गर्ने, पशुपतिस्थित धर्मशाला पनि सोही समूहलाई सस्तो मूल्यमा भाडामा दिने प्रकरणमा पूर्वमन्त्री भट्टराई मुछिएका छन्।
भट्टराई पर्यटनमन्त्री भएको बेला भाडामा दिएको नारायणहिटीको रेस्टुरेन्ट मन्त्री आलेले भत्काइ दिएपछि उनीहरूको बीच वि’वाद चर्किएको हो ।

अहिले अधिकांश मिडियाले नाराहिटी र धर्मशाला प्र-करण र पूर्वमन्त्री भट्टराईलाई प्राथमिकतामा राखेर समाचार बनाइरहेका छन् । सामाजिक सञ्जालमा पनि उनको आलोचना गर्ने धेरै छन् ।
यसै सन्दर्भमा नेकपा (एमाले)की सासद नवीना लामाले योगेश भट्टराईको बचाउ गरेकी छिन् । सामाजिक सञ्जालमार्फत उनले भट्टराईमाथि आरोप लगाउन छुट नभएको बताएकी छिन् ।

‘सही के हो र गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आरोप लगाउन कुनै माइकलाललाई छुट छैन ’, उनले फेसबुकमा लेखेकी छिन् ।

सो अवसरमा लामाले नेता भट्टराईसँग इतिहासको विरासत भएको दाबी गरेकी छिन् । उनले भट्राईविरुद्ध चुरीफुरी गर्ने र जिस्किनेहरू सिद्धिने दाबी गरेकी छिन् ।

‘क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीहरू सुकेर अन्त्य भएर जाने हो, होसियार भएको राम्रो हुनेछ’, उनले लेखेकी छिन् ।

लामाको अभिव्यक्ति
सही के हो ? गलत के हो ? बाहिर ल्याउने पो पत्रकारिता हो ? हाम्रो नेतामाथि यसरी आ’रोप लगाउन कुनै माइकलाललाई छुट छैन । माननीय योगेश भटराईसँग इतिहासको विरा-सत छ । क्षमता, अनुभव, सही भिजन छ । चुरीफुरी गर्ने गरेर जिस्किने तिमीरू सुकेर अ’न्त्य भएर जाने हों, होसियार भएको राम्रो हुनेछ ।

प्रतिक्रिया दिनुहोस