घाईते र मृतकलाई राहत दिलाउदै आत्मनिर्भर बन्न डोजर चालकहरु द्वारा साझेदारी कम्पनी संचालन

 चितवन – विकास निर्माणकार्यमा लामो समय देखि पेशागत रुपमा डोजरजन्य उपकरण र सवारी साधान चलाउदै आएका अपरेटर, ड्राइभर र अन्य प्रगतिशील दक्ष जनशक्तिहरुले नेपाल सरकार उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालय स्थित कम्पनी रजिस्टरको कार्यालय बाट अपरेटर भिजन कर्पोरेशन नेपाल प्रा.ली नामक साझेदारी कम्पनी दर्ता गरि संचालन सुरु गरेका  छ्न।

सम्पूर्ण इच्छुक प्रगतिशील दक्ष जनशक्तिहरुले गक्ष अनुसारको सेर कित्ता किनिदिएर  कम्पनीको मालिक र अंशियार बनी सहयोग गरिदिन कर्पोरेशनले सबैलाई अनुरोध गरिरहेको छ। बहुउद्देश्यीय ढाचामा संचालन सुरु भएको कम्पनीले एक्सावेटर, गाडीहरू र विभिन्न मेसिनरी औजारहरु निर्माण क्षेत्रम लगाउदै कृषिजन्य उत्पादन र दक्ष कामदार उत्पादन गरि बितरण गर्ने मुख्य उदेश्यको साथ साथै  कन्ट्रक्सन , कम्पनी र निर्माण क्षेत्रमा कार्यरत हजारौं दक्षजनशक्ति तलब नपाउने उचित पारिश्रमिक नदिने जस्ता समस्याबाट  लामो समय देखि चरम श्रमशोषणमा ग्रसित छ्न। उक्त  श्रमिकहरुको अमस्यालाई मध्य नजर गर्दै  हरेक कन्ट्रक्सन, कम्पनी र निर्माण क्षेत्रमा काम गर्ने दक्ष अपरेटर , ड्राइभर र अन्य श्रमिकहरु अपरेटर भिजन कर्पोरेशन नेपाल प्रा.ली बाट सम्झौता गरेर मात्रै काम गर्न र गराउन मुख्य भुमिका खेली कुनै पनि कन्ट्रक्सन , कम्पनी, ठेकेदार र मालिक बाट हुने गरेको श्रमशोषण अन्त्य गर्ने र विभिन्न कन्ट्रक्सन , कम्पनी र निर्माण व्यवसायीहरूलाई दक्ष अपरेटर, सवारी चालक र कामदार उपलब्ध गराउने जस्ता काम गर्न थालेको छ।

देश बिदेशमा संचालित विभिन्न राष्ट्रिय गौरवका योजना परियोजनामा कार्यरत    अपरेटर, सवारी चालक र अन्य श्रमिक  साथीहरू भबितंब्य दुर्घटनामा परेर घाइते अपाङ्ग र मृतु हुदा समेत उपचार राहत र उचित क्षतिपूर्ति, नपाए पछि  परिवारलाई केही क्षतिपूर्ति, राहत र सहयोग जुटाउदै आएको डोजर अपरेटर तथा सवारी चालक संघले पछिल्लो समय अरुको मुख ताकेर, चन्दाको भर परेर मात्रै  पीडितलाई कुनै उद्द्दार, सहयोग गर्न नसकिने निश्कर्ष निकाली प्रगतिशील अपरेटर र श्रमिकहरुबाट नै एक एक महिनाको तलब लगानी गरी साझेदारी कम्पनी संचालन सुरु गरेको संस्थाको अध्यक्ष हिमालले बताउनु भयो।

आर्थिक अवस्था कमजोर र गरिबको  छोराले नै डोजरजन्य यन्त्र उपकरण चलाउदै अपरेटर, सवारी चालक पेशा अंगाल्ने गरेको हुन्छ्न। कमाउने मान्छेनै भवितव्यं दुर्घटनामा परी मृत्यु समेत हुदा उक्त परिवारको स्थितिनै दयानिय बन्न पुग्ने गरेको धेरै परिवारको लाला बालालाई उच्च शिक्षा दिलाउन र राहत उद्दार गर्दै आत्मास्वलम्वी बन्न देश बिदेशमा कार्यरत सवै अपरेटर, सवारी चालक र श्रमिकहरुलाई सकेको सेर हालेर यश अभियानमा जोडिन अनुरोध गर्दै १५ जना प्रगतिशील अपरेटरहरु बाट एक एक लाख लगानी गरेर एउटा एक्सावेटर र केही जग्गा जमिन किनि पशुपालन सुरुवात र मेसिन भाडामा लगाएर कम्पनी संचालन सुरु गरिएको हो।

प्रतिक्रिया दिनुहोस