बिप्लप नेतृत्वको नेकपा द्वारा ४० खेलाडी हरुलाई पोसाक वितरण

 

चितवन -भरतपुर १५ फुलबारी स्थित श्रीपुर मा.बी  प्राङ्गणमा  संचलन भै रहेको आशिहारा काई-कान डोजोका ४० प्रशिक्षार्थीहरुलाई बिप्लप नेतृत्वको नेकपा जिल्ला समित भरतपुर वडा न:१५ले  ड्रेस तथा पोशाक बितरण गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी  चितवन भरतपुर वडा न: १५ द्वारा संचालित आशिहारा काई-कान समुद्घाटन तथा पोशाक बितरण कार्यक्रमको बिशेश  आयोजनामा  तथा भरतपुर महानगरपालिका वडा न:१४ र १५ को इन्चार्ज क. आलोक  र प्रमुख  अतिथि  क.मीन बिशेश अथिती  आशिहारा काई-कान का गुरु गजेन्द्र सेन तथा अथितीहरु भरतपुर महानगरपालिका इन्चार्ज क. राजकुमार तिमल्सिना , आशिहारा काई-कान गुरुहरु  बेल बहादुर बिश्वकर्मा, संतोष हमाल सलिना गुरुङ र नेकपा भरतपुर वडा न ७ का इन्चार्ज क. विशाल भरतपुर वडा न १५  रा प्र पा पार्टी अध्यक्ष  गोपाल गुरुङ तथा वडा १५ का सेक्रेटरी क अमृत द्वारा स्वागत मन्तव्य राखीएको उक्त कार्यक्रममा जिम्मेवार नेतृत्व क.हिमालले कार्यक्रमको उद्घोषण गर्नु भएकोमा थियोे ।

मन्तव्यको क्रममा राष्ट्रको लागि खेल र खेलाडी अपरिहार्य भएको र आत्मारक्षाको लागि पनि आशिहारा काई-कान डोजो महत्त्वपूर्ण बिधा भएको बताउदै आशिहारा काई-कान डोजो सिक्दै गरेका सम्पुर्ण भाइ बहिनीलाई  हार्दिक शुभकामना सहित नेपालको हरेक ठाउमा आशिहारा काई-कान डोजो निशुल्क सिकाउन बिप्लप नेतृत्वको नेकपा लागि परेको बताउनु भएको थियो

प्रतिक्रिया दिनुहोस