बिप्लप नेतृत्वको नेकपा द्वारा ४० खेलाडी हरुलाई पोसाक वितरण

चितवन -भरतपुर सिर्पुर माबी फुलबारि प्राङ्गणमा संचलन भै रहेको आशिहारा काई-कान डोजोका ४० प्रशिक्षार्थीहरुलाई बिप्लप नेतृत्वको नेकपा जिल्ला समित भरतपुर १५ले ड्रेस तथा पोशाक बितरण गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टी चितवन भरतपुर वडा न १५ द्वारा संचालित आशिहारा काई-कान समुद्घाटन तथा पोशाक बितरण कार्यक्रमको बिशेश आयोजनामा प्रमुख अतिथी तथा भरतपुर १४/१५ को इन्चार्ज क. आलोक र प्रमुख अतिथि क.मीन र बिशेश अथिती आशिहारा काई-कान का गुरु गजेन्द्र सेन तथा अथितीहरु भरतपुर महानगरपालिका इन्चार्ज क. राजकुमार तिमल्सिना , आशिहारा काई-कान गुरुहरु बेल बहादुर बिश्वकर्मा, संतोष हमाल सलिना गुरुङ र नेकपा भरतपुर वडा न ७ का इन्चार्ज क. विशाल भरतपुर वडा न १५ रा प्र पा पार्टी अध्यक्ष गोपाल गुरुङ तथा नेकपा जिल्ला सदस्य अमृत बिकले मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमको उद्घोषक नेकपा भरतपुर महानगरपालिका १५ का पार्टी अध्यक्ष क.हिमालले गर्नु भएको थियो।
मन्तव्यको क्रममा राष्ट्रको लागि खेल र खेलाडी अपरिहार्य भएको र आत्मारक्षाको लागि पनि आशिहारा काई-कान डोजो महत्त्वपूर्ण बिधा भएको बताउदै आशिहारा काई-कान डोजो सिक्दै गरेका सम्पुर्ण भाइ बहिनीलाई हार्दिक शुभकामना सहित नेपालको हरेक ठाउमा आशिहारा काई-कान डोजो निशुल्क सिकाउन बिप्लप नेतृत्वको नेकपा लागि परेको बताउनु भएको थियो

प्रतिक्रिया दिनुहोस