रोल्पा । नेकपा एमाले रोल्पा जिल्ला कमिटी सचिव निमप्रसाद रोकाको हृदयघातबाट निधन भएको छ ।
रोकाको गएराति करिब ९ बजे नुवागाउँ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जनाईको छ ।
रोका रोल्पाको त्रिवेणी गाउँपालिका–२ निवासी हुन् । उनी भोलि हुन हुन लागेको जिल्ला अधिवेशनको तयारीका काममा खटिएका थिए ।
रोकाको निधन भएपछि रोल्पा जिल्ला अधिवेशन स्थगित गरिएको छ।