मैना देबिको सरसफाइ गढवामा

दाङ– बिहान ८ बजे दाङको गढवा बजारमा सरसफाइका लागि एउटा समुह निस्कियो । उक्त समुहले बजार क्षेत्रमा यत्रतत्र फालिएका पलास्टिक टिप्दै गरेको देखिन्थ्यो । “म बदलिन्छु अनि मेरो देश बदलिन्छ” मेरो दाङ मेरो शान, सरसफाइ मेरो पहिचान भन्ने ब्यानर सहित देउखुरीका दुई युवा सरसफाई अभियानमा जुटेका छन । लमही नगरपालिका वडा नम्बर ५ लमहीका अंकित खनाल र रोशन भेटवालले सरसफाई अभियानको थालनी गरेको धेरै दिन भएको छैन । तर छोटो समयमै दाङ जिल्लाका सबै पालिका सम्म पुग्ने २ युबकको उद्देश्य भएको बताउछन ।

यो अभियान सरसफाई मात्र नभएर सरसफाई गर्नका लागि सबै उपभोक्ताहरुमा सचेतना जगाउने उदेश्य भएको उनीहरुको भनाई छ। सरसफाईमा सबैले ध्यान दिए मात्र अभियानले पूर्णता पाउने मैनादेबी फाउन्डेसन दाङ्गका इन्चार्ज अंकित खनालले बताए। दाङका सबै बजारमा हामीले यो अभियान थाल्ने योजना बनाएका छौं, म लमहीबासी भएका कारण लमही बाटै शुरु गरे’- खनालले भने।

अंकित खनाल र रोशन भेटवाललाई देउखुरी गढवा गाउपालिका वडा नम्बर ६ का अध्यक्ष बाल चन्द्र हमालले पनि साथ दिए
। युवाहरुले गढवा बजारका अति फोहोर हुने स्थानमा सरसफाई गर्ने योजना बनाएको आफुलाई जानकारी गराएकोले सो अभियानमा आफुले पनि साथ् दिएको अध्यक्ष हमालको भनाई छ। तेस्तै गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगरले सरसफाइ गर्नु राम्रो पक्ष हो , सबै मिलेर आफ्नो ठाउँ सुन्दर बनाउन लागि पर्न सम्पुर्णमा आग्रह गरे । गढवा खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष लेख बहादुर थापाले फोहोरले मानव स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर पार्ने भएकोले सरसफाइ अभियान चलाएर मानव स्वास्थ्यको हितमा काम गरिएको मैना देबि फाउन्डेसन लगाएत युबा भाइ हरुलाइ धन्यवाद ज्ञापन गर्दै गढवा खानेपानी तथा सरसफाइ समिति सरसफाइको क्षेत्रमा हातेमालो गर्न तयार रहेको बताए ।

उक्त अभियानमा ईलाका प्रहरी कार्यलय गढवा,नेपाल तेक्वान्दो संघ गढवा , नेपाली काङ्ग्रेसका क्षेत्रीय सह-सचिव गोबिन्द कुमार वलि लगाएको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस