गिनिज वल्र्ड रेकर्ड बनाउने प्रयासमा खाेटाङका राई

काठमाडौं । द मस्ट टेनिस वल टचेस युजिङ द ह्यान्ड इन वान मिनेट टाइटलमा खाेटाङका किङकङ राई द्वारा गिनिज वल्र्ड रेकर्ड बनाउन प्रयास गरिएको छ । नेपाल फाेटाे पत्रकार महासंघ केन्द्रीय महासचिव हरी रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । रेग्मीले फाेटाे र भिडियोकाे माध्यमले यस्ता अनाैठा कामलाई प्राेत्साहान गर्न महासंघ सधैं अग्रसर रहने बताएका छन् ।

कार्यक्रममा महिला मानव अधिकारकर्मी नजबुल खान , एपिन्युज संचालक संचारकर्मी राेहित नाथ भण्डारी , पुर्व प्रहरी निरिक्षक प्रसाद कुमार कार्की रेफ्रि तथा गिनिज वल्र्ड रेकर्ड हाेल्डर रक्षकुमार राई लगाएत मिडियाकर्मी समाजसेवीकाे उपस्थिति रहेको थियोे । कीर्तिमानी युवा संघ नेपालका अध्यक्ष तथा गिनिज वल्र्ड रेकर्ड हाेल्डर चित्रकुमार कार्कीको सभापतित्वमा कार्यक्रम भएको थियोे । अध्यक्ष कार्कीले नेपाल र नेपालीकाे नाम चिनाउन चाहाने नेपाली युवाहरुलाई आफ्नाे सधैं सहयोग रहने बताएका छन् ।

कार्कीको सहयोगमा नेपालमा थुप्रै गिनिज वल्र्ड रेकर्ड हाेल्डर बनेका बताएका छन् । आगामी दिनमा रेकर्ड राख्ने लाई सबै खाले सहयोग गर्ने कार्कीले बताए । कार्यक्रम शनिबार ललितपुरको संखमुल पार्कमा भएको थियोे ।

पार्कमा कार्यक्रम हेर्न सयौंकाे उपस्थिति रहेको थियोे ।राईले यस अगाडिको गिनिज रेकर्ड २७० स्काेर लाई ताेड्न ३२५ स्काेर बनाएका थिए । राईलाई सहभागीले खादा मालाले लगाएर शुभकामना बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस